मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

व्यास नगरपालिकाको परिसरमा स्तनपान कक्ष निर्माण

तनहुँ – तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीलाई स्तनपान गराउन सहज होस भन्दै स्तनपान कक्ष निर्माण गरिएको हो ।

खुल्ला स्थानमा बसेर स्तनपान गराउन असहज हुने भएकाले उनीहरुको सहजीकरणका लागि नगरपालिकाको प्रशासनिक खर्चमा स्तनपान कक्ष निर्माण गरिएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । “अब शिशु बोकेर आउने महिलालाई स्तनपान गराउन सहज हुनेछ”, उनले भने ।

नागरिक सहायता कक्ष

त्यसैगरी व्यास नगरपालिकाले नागरिक सहायता कक्ष स्थापना गरी सेवा लिन आउने सेवाग्राहीलाई निःशुल्करुपमा सेवा दिन थालेको छ । व्यास नगरपालिका मातहत रहेका चौधवटै वडामा नागरिक सहायता कक्ष स्थापना गरी सेवा दिन थालिएको हो ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निवेदन, कार्यालय प्रयोजनका लागि प्रयोग हुने कागजातको फोटोकपी गरिदिने व्यवस्था नगरपालिकाले गरेको छ । सेवाग्राहीलाई सूचना प्रवाहमा सहजीकरण गरी सेवा दिने गरेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?