मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के प्राय: खाना खाएपछि तपाईको पेट फुल्न थाल्छ ?

काठमाडौँ – कहिले काँही खाना खाएपछि असहज महसुस हुन्छ । तर प्राय: खाना खाएपछि असहज हुने अथवा पेट फुल्न थाल्यो भने हामीले स्वास्थ्यप्रति ध्यान दिनुपर्ने हुन्छ ।

आउनुहोस् यी सजिलो उपायहरू अपनाएर कसरी पेट फुल्ने समस्यालाई कम गर्न र पाचन प्रणालीलाई बलियो बनाउन सकिन्छ।

खाना खाँदा पेटमा ग्यास निस्कन्छ । यो ग्यासले पेट फुलाउँछ र हामीलाई असहज महसुस गराउँछ। केही खानेकुरा र बानीले यो समस्या बढाउन सक्छ।

बिस्तारै खानुहोस्: खाना सधैं बिस्तारै खानुहोस् र चपाउनुहोस्। यसबाट खाना राम्रोसँग पचिन्छ र ग्यास बन्ने समस्या कम हुन्छ ।

मसलादार खाना कम खानुहोस्: मसलादार र भुटेको खाना पेट फुल्ने प्रमुख कारण हुन सक्छ। यसबाट बच्न हल्का र सन्तुलित आहार लिनुहोस्।

फाइबरयुक्त खानेकुरा खानुहोस्: फाइबर पेटको लागि धेरै राम्रो हुन्छ। सलाद, फलफूल र हरियो सागसब्जी बढी खाने ।

पानी पिउने तरिका परिवर्तन गर्नुहोस्: खाना खाएपछि तुरुन्तै पानी पिउनु हुँदैन। यदि तपाईं पानी पिउन चाहनुहुन्छ भने, खाना खाएको आधा घण्टा अघि वा एक घण्टा पछि पिउनुहोस्।

अजवाइनको पानी : खानापछि अजवाइनको पानी पिउँदा ग्यासको समस्या कम हुन्छ । अन्यथा, मनतातो पानीमा हिंगको धुलो मिसाएर पिउनाले पेटको ग्यासबाट मुक्ति मिल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?