मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् एक वर्षमा सबैभन्दा बढी आम्दानी गर्ने ‘स्टार’ खेलाडी

काठमाडौँ– हामीले नेपालमा खेल खेलेर जीवन जिउन कठिन रहेको देख्दै र सुन्दै आएका छौँ । तर, संसारमा खेल खेलेरै दशौँ करोड डलर कमाउने खेलाडीहरु पनि रहेका छन् । खेल जगतका ठूला हस्तीहरु क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, लेब्रोन जेम्स, केलियन एम्बाप्पेजस्ता खेलाडीहरुले हरेक वर्ष दशौँ करोड डलर कमाउँछन् । आखिर संसारमा सबैभन्दा धेरै कमाउने खेलाडी को होलान् ? र, उनीहरुको कमाइ कति होला ? आज हामी यसै विषयमा चर्चा गर्न चाहन्छौँ ।

अमेरिकी अखबार फोर्ब्सले हरेक वर्ष सबैभन्दा धेरै कमाइ गर्ने १० खेलाडीहरुको सूची सार्वजनिक गर्दै आएको छ । फोर्ब्सले सन् २०२४ मा सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीहरुको नाम पनि सार्वजनिक गरिसकेको छ । यो सूचीमा सबैभन्दा धेरै फुटबल खेल्ने खेलाडीहरु समावेश छन् ।

आखिर को हुन् त संसारमा सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीहरु ?

क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले एक वर्षमा २६ करोड अमेरिकी डलर कमाउँछन् । पोर्चुगलका फुटबल खेलाडी रोनाल्डोले खेलबाट २० करोड र खेलबाहिरका प्रायोजन र अन्य लेनदेनबाट २६ करोड अमेरिकी डलर कमाउने गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

उनी हाल साउदी क्लब अल नासेरमा आबद्ध छन् । ३९ वर्षीय रोनाल्डो संसारमा सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा चौथो पटक परेका हुन् ।

जोन राम

जोन रामले एक वर्षमा २१ करोड ८० लाख डलरभन्दा धेरै कमाउँछन् । स्पेनी गल्फ खेलाडी रामले खेल खेलेर १९ करोड ८० लाख र खेलबाहिरका लेनदेनबाट २ करोड डलर कमाउने गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

लिभ गल्फ लिग खेल्ने निर्णयबाट रामलाई राम्रो आर्थिक लाभ मिलेको फोर्ब्सले उल्लेख गरेको छ । २९ वर्षीय रामले सन् २०२३ को मास्टर्स टुर्नामेन्टको उपाधि पनि उचालेका थिए ।

लियोनल मेसी

लियोनल मेसीले एक वर्षमा १३ करोड ५० लाख अमेरिकी डलर कमाएका छन् । अर्जेन्टिनाका लेजेण्ड फुटबल खेलाडी मेसी हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध रहेका छन् ।

फोर्ब्सका अनुसार उनले खेल खेलेर ६ करोड ५० लाख र व्यवसायिक सहकार्य तथा अन्य प्रायोजनबाट ७ करोड डलर कमाउने गरेका छन् । ३६ वर्षीय मेसीको कप्तानीमा अर्जेन्टिनाले हालै कोपा अमेरिकाको उपाधि पनि जितेको छ ।

लेब्रोन जेम्स

सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीको चौथो स्थानमा अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स रहेका छन् । उनले एक वर्षमा १२ करोड ८२ लाख अमेरिकी डलर कमाउँछन् ।

उनले खेल खेलेर ४ करोड ८२ लाख र खेलबाहिरका प्रायोजन तथा अन्य व्यवसायिक सहकार्यबाट ८ करोड डलर कमाउने गरेका छन् । ३९ वर्षीय जेम्स हाल एनबीए टिम लस एन्जल्स लेकर्समा आबद्ध छन् ।

गियानिस एटेन्टोकोउम्पो

फोर्ब्सको सबैभन्दा धेरै कमाइ कमाइ गर्ने खेलाडीको सूचीमा पाचौँ स्थानमा छन् । फोर्ब्सका अनुसार एक वर्षमा उनले ११ करोड १० लाख अमेरिकी डलर कमाउँछन् । २९ वर्षीय एटेन्टोकोउम्पो बास्केटबल खेलाडी हुन् ।

हाल उनी अमेरिकी बास्केटबल टिम मिलुवाकी बक्समा आबद्ध छन् । उनले खेलबाट ४ करोड ६० लाख र खेलबाहेक अन्य व्यवसायिक सहकार्य एवम् प्रायोजनबाट ६ करोड ५० लाख डलर कमाउने गरेका छन् ।

केलियन एम्बाप्पे

फ्रान्सका फुटबल खेलाडी एम्बाप्पे छैटौँ सबैभन्दा धेरै कमाउने खेलाडी हुन् । उनले एक वर्षमा ११ करोड डलर कमाइ गरेको फोर्ब्सले जनाएको छ ।

अघिल्लो सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेनबाट खेलेका २५ वर्षीय एम्बाप्पे हालै स्पेनी क्लब रियल मड्रिडमा आबद्ध भएका छन् । उनले खेल खेलेर ९ करोड र खेलबाहिरका प्रायोजन तथा व्यवसायिक सहकार्यबाट २ करोड डलर कमाएको फोर्ब्सले जनाएको छ ।

नेयमार

नेयमार संसारमा सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा सातौँ नम्बरमा पर्छन् । ब्राजिलका फुटबल खेलाडी उनले एक वर्षमा १० करोड ८० लाख डलर कमाएका छन् ।

३२ वर्षीय नेयमारले हाल साउदी अरबको अल हिलाल क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । फोर्ब्सले जनाएअनुसार नेयमारले खेल खेलेर ८ करोड तथा अन्य व्यवसायिक प्रायोजनबाट २ करोड ८० लाख डलर कमाइ गरेका छन् ।

करिम बेन्जेमा

संसारमा सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीको सूचीमा फ्रान्सका करिब बेन्जेमा आठौँ स्थानमा परेका छन् । उनले एक वर्षमा १० करोड ६० लाख डलर कमाएका छन् ।

३६ वर्षीय फुटबल खेलाडी बेन्जेमा हाल साउदी अरबको अल इत्तेहाद क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । उनले एक वर्षमा खेल खेलेर १० करोड र अन्य व्यवसायिक प्रायोजनबाट ६० लाख डलर कमाउँदै आएका छन् ।

स्टेफन करी

अमेरिकी बास्केटबल खेलाडी स्टेफन करी एक वर्षमा सबैभन्दा धेरै कमाइ गर्ने नवौँ खेलाडी हुन् । उनले एक वर्षमा १० करोड २० लाख डलर कमाइ गरेका छन् ।

फोर्ब्सका अनुसार उनले एक वर्षमा खेल खेलेर ५ करोड २० लाख तथा अन्य व्यवसायिक साझेदारीबाट ५ करोड डलर कमाएका छन् । ३६ वर्षीय करी हाल गोल्डेन स्टेट वारियर्सबाट व्यवसायिक बास्केटबल खेल्दै आएका छन् ।

लमार ज्याक्सन

अमेरिकी खेलाडी ज्याक्सन संसारमा सबैभन्दा धेरै कमाइ गर्ने १० खेलाडीको सूचीको पुछारमा छन् । अमेरिकी शैलीको फुटबल खेल्ने उनी नेशनल फुटबल लिग एनएफएलको बालिटमोर रेभेन्समा आबद्ध छन् ।

२७ वर्षीय ज्याक्सनले खेल खेलेर ९ करोड ८५ लाख डलर कमाउने गरेका छन् । त्यसबाहेक अन्य व्यवसायिक प्रायोजनबाट २० लाख डलर कमाउने गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?