मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तानसेनका किसानलाई अनुदानमा कृषियन्त्र तथा मौरीघार वितरण

रामपुर– जिल्लाको तानसेन नगरपालिकाले किसानलाई कृषियन्त्र तथा मौरी घार वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेट्रयाक्टर, मौरीघार र डिजिटल तराजु प्रदान गरेको हो ।

नगरपालिकाले वडा कार्यालयबाट सिफारिस भएर आएबमोजिम ४७ जनालाई हातेट्रयाक्टर, चार सय ८५ जनालाई मौरीघार तथा मौरीजन्य सामग्री र ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिए।

कृषियन्त्र खरिदबापत हातेट्रयाक्टर, चापकटर र डिजिटल तराजु गरी ४० लाख र मौरीजन्य सामग्रीका लागि २० लाख वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

उपलब्ध बजेट र किसानको मागका आधारमा नगरभित्रका विभिन्न व्यक्ति, समूह, फार्म र सहकारीलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?