काठमाडौँ – तपाईँले नियमित रूपमा इन्टरनेट चलाउनुहुन्छ भने वेब ब्राउजिङ गर्ने सामान्यतया दुई वटा तरिका हुन्छन्।
पहिलो तरिका भनेको सिधै वेब ब्राउजरबाट इन्टरनेट चलाउने र अर्को भनेको ‘इनकग्निटो’ मोडबाट इन्टरनेटमा रहेका कुरा खोज्ने वा वेबसाइट चलाउने।
यो एउटा त्यस्तो सेटिङ हो, जसले तपाईँले सर्च गरेका कुनै पनि वेबपेजको रेकर्ड राख्दैन । तर, यसको अर्थ इनकग्निटो मोड शतप्रतिशत सुरक्षित हुन्छ भन्ने हुँदैन ।
जबकी ब्राउजरको डिफल्ट मोडमा तपाईँले सर्च गरेका विभिन्न कुरा ‘हिस्ट्रीमा’ सेभ भएका हुन्छन्, जसलाई पुनः पछि खोल्न सकिन्छ ।
“इनकग्निटो” मोड कसरी अन गर्ने ?
गुगल क्रोममा ‘इनकग्निटो’
१. क्रोम ब्राउजरको दायाँतर्फ माथि कुनामा रहेको तीन वटा थोप्लोमा क्लिक गर्ने र त्यहाँ रहेको ‘Select New Incognito Window’ अप्सनमा क्लिक गर्ने।
२. किबोर्डबाट सर्टकट Shift + ⌘ + N (on mac OS), or Shift + CTRL + N (on Windows/Linux).।
माइक्रोसफ्ट एजमा ‘प्राइभेट मोड’
१. माइक्रोसफ्ट एज ब्राउजरको दायाँतर्फ माथि कुनामा रहेका तीन वटा थोप्लोमा क्लिक गर्ने र त्यहाँ रहेको “New In Private Window.” अप्सनमा क्लिक गर्ने।
२. किबोर्डबाट सर्टकट Shift + CTRL + N.
सफारीमा ‘प्राइभेट ब्राउजिङ’
१. सफारीमा फाइल मेनुमा रहेको “New In Private Window.” अप्सनमा क्लिक गर्ने।
२. किबोर्डबाट सर्टकट Shift + ⌘ + N.
फायरफक्समा ‘प्राइभेट मोड’
१. फायरफक्स ब्राउजरको दायाँतर्फ माथि कुनामा रहेका तीन धर्कामा क्लिक गर्ने र त्यहाँ रहेको “New In Private Window.” अप्सनमा क्लिक गर्ने।
२. किबोर्डबाट सर्टकट Shift + ⌘ + P (on mac OS) or Shift + CTRL + P (on Windows/Linux).
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया