मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फाटेको दूध नफाल्नुहोस्,पाइन्छ धेरै भिटामिन र रोग प्रतिरोधी क्षमता 

कहिले कसो हामीले दूध तताउँदै गर्दा फाट्ने गर्छ । र उक्त फाटेको दूध हामी फ्याँक्ने गर्छौ । तर फाटेको दूधको सेवन स्वास्थ्यका लागी फाइदाजनक हुन्छ । 

फाटेको दूधको पानी असाध्यै गुणकारी हुन्छ । यसमा पर्याप्त मात्रामा प्रोटिन र ल्याक्टिक एसिडजस्ता पोषक तत्त्व पाइन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । 

फाटेको दूधको पानीमा प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, क्याल्सियम र ल्याक्टिक एसिडबाहेक प्रचुर मात्रामा विभिन्न खालका मिनरल्स र भिटामिन पाइन्छन् । यसमा क्याल्सियम शून्य बराबरको हुन्छ । यसले हाम्रो रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ । साथै, यसले उच्च रक्तचापमा पनि निकै फाइदा पुर्‍याउँछ । 

यो पिउँदा मिर्गौलाले निकै राम्रोसँग काम गर्छ । यस्तै नुन हालेर फाटेको दूधको पानी पिउँदा पाचन तन्त्र बलियो रहन्छ । यसले छिटो खाना पचाउँछ र भोक पनि जगाउँछ । लो क्यालोरीका कारण तौल बढ्ने डर पनि कम रहन्छ । 

यसैगरी फाटेको दूधले हामीलाई हृदय सम्बन्धी समस्याहरूबाट जोगाउँछ । फाटेको दूधको पानी सेवन गर्नाले हृदयघातको जोखिम कम हुन्छ, किनकि फाटेको दुधले शरीरको कोलेस्ट्रोलको स्तर नियन्त्रणमा राख्छ । कोलेस्ट्रोलको समस्या भएको मानिसको लागि फाटेको दूधको पानी फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?