मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सौरभ चौधरीको निर्देशनमा फिल्म ‘कर्मा’ बन्ने

काठमाडौँ– फिल्म ‘अगस्त्य : च्याप्टर–१’लाई निर्देशन गरेका सौरभ चौधरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।

उनले ‘कर्मा’ शीर्षकमा फिल्म निर्माण गर्न लागेको जनाइएको छ । बिहीवार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराइएको हो ।

फिल्ममा बसन्त लम्सालको लगानी रहनेछ भने कथा भने निर्देशक चौधरीले नै लेखेका हुन् । एक्सन ड्रामा भनिएको यो फिल्ममा को को कलाकार रहने भन्नेबारे भने कुनै जानकारी दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?