मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिमागमा सधैं अनौठा कुरा भइरहेका छन् ? यो कुन रोग हो थाहा पाउनुहोस्

काठमाडाैँ – तपाईको दिमागमा सधैं भ्रमित र अनावश्यक विचारहरू आउँछन् र तपाई तिनीहरूलाई रोक्न असमर्थ हुनुहुन्छ भने, यो मानसिक स्वास्थ्य समस्याको संकेत हुन सक्छ।

यदि तपाईको दिमागमा जहिले पनि नकारात्मक वा नचाहिने विचार आउँछन् र त्यसलाई रोक्न सक्नुहुन्न भने यो मानसिक स्वास्थ्य समस्याको संकेत हुन सक्छ। यो समस्यालाई प्रायः ‘ओबसेसिभ-कम्पल्सिभ डिसअर्डर’ (ओसीडी) भनिन्छ।

एक मानसिक रोग हो जसमा मानिसको दिमागमा बारम्बार अनावश्यक विचार आउँछन् र त्यसबाट छुटकारा पाउन उसले केही विशेष काम गर्नुपर्छ ।

बारम्बार आउने विचारहरू: मनमा बारम्बार आउने अनि रोक्न गाह्रो हुने अनावश्यक, गडबड गर्ने विचारहरू।

बाध्यकारी व्यवहारः यस्ता विचारबाट छुटकारा पाउन व्यक्तिले हात धुने, बारम्बार चीजहरू जाँच्ने वा गणना गर्ने जस्ता केही कामहरू बारम्बार गर्छ।

चिन्ता र डर: यी विचार र व्यवहारले व्यक्तिलाई धेरै चिन्ता र डर पैदा गर्न सक्छ।

समयको बर्बादी: मानिसको दैनिक काममा बाधा पर्ने यी विचार र व्यवहारमा दिनको धेरै समय बर्बाद हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?