मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बरामद सवारी साधनमा हकदाबी पेस गर्न आग्रह

काठमाडौं– राजस्व अनुसन्धान विभागले बरामद गरिएका विभिन्न सवारी साधनउपर आफ्नो हकदाबी पेस गर्न आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा लेखिआएबमोजिम शंकास्पद रुपमा चलिरहेका भन्ने सूचनाका आधारमा फेलापारी बरामद गरिएका सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘विभागमा दाखिला हुन आएका बरामद सवारिसाधन कोही कसैको भएमा प्रमाण पुग्ने कागजातसहित १५ दिनभित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको छ, तोकिएको समयमा हकदाबी नपरे ती सवारिसाधन नेपाल सरकारको मातहतमा जाने छन् ।’

विभागले हकदाबी पेस गर्न आग्रह गरेका सवारीसाधनमा लु २८ प ८३४५ नम्बरको बुलेट मोटरसाइकल, को ३६ प ४४४९ र लु ७१ प २०३३ नम्बरका क्लासिक मोटरसाइकल, को ३६ प ९७०१ र बा प्र ०२–०३६ प ४४०५ नम्बरका पल्सर मोटरसाइकल तथा बा ८ च १६११ नम्बरको बागनर कार रहेको सूचना अधिकारी अधिकारीले बताए।

विभागले हकदाबी पेस गर्न आग्रह गरेका सबै सवारिसाधन काठमाडौँबाट बरामद गरिएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?