काठमाडौँ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरेका छन् ।
कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, ‘हाम्रा शत्रुहरू तपाईँका पनि शत्रु हुन् । जब हामी इरानसँग लड्छौँ, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौँ । हाम्रो युद्ध तपाईँहरूको युद्ध हो र हाम्रो जित तपाईँहरूको जित हो ।’
धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहुलाई न्यानो स्वागत गरे, तर कांग्रेसका दर्जनौँ डेमोक्रेटिक नेताहरू जानाजानी अनुपस्थित भएका थिए ।
सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले पनि चर्को विरोधको सामना गर्नुपरेको थियो । मानिसहरूले ब्यानर बोकेर विरोध गरेको देखियो, जसमध्ये एउटाले नेतान्याहुलाई ‘युद्ध अपराधी’ घोषणा गरेका थिए ।
नेतन्याहुको सम्बोधनमा बाधा पुर्याउने पाँच जनालाई क्यापिटल भवन भित्रबाट पक्राउ गरिएको छ ।
प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नेतान्याहुले भने, तपाईँहरू आधिकारिक रूपमा इरानका लागि उपयोगी मूर्ख बन्नु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया