काठमाडाैँ- नील हिरा समाजका संस्थापक अध्यक्ष, एसियाकै पहिलो समलिङ्गी सभासद तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तको वृत्तचित्र ‘अजिमा एन्ड ६ जेन्डर्स’ प्रिमियर शाे हुने भएको छ ।
बिहीबार जमलस्थित विश्वज्योति सिनेमा हलमा वृत्तचित्रको प्रिमियर शाे हुने पन्तले जानकारी दिएका हुन् । अंग्रजी र नेपाली दुवै भाषामा रहेको वृत्तचित्रको नेपाली संस्करण साँझ ५ः३० बजे प्रिमियर सो गर्न लागेको उनले बताए ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अभियन्ता समेत रहेका पन्तले निर्माण गरेको वृत्तचित्रमा उपत्यकामा रहेका अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ ।
जसमा अजिमा देवीको स्थान, यसको पौराणिक तथा ऐतिहासिक पक्ष, यसैमा जोडिएको मातृसत्तात्मक तथा पितृसत्तात्मक मान्यताहरुलाई स्थापित गर्ने जमर्को गरिएको छ ।
पन्तले यसमा ब्राह्मण तथा श्रवण परम्परामा मातृसत्ता परम्परा तथा यसको जटिल पक्षलाई अजिमाका माध्यमबाट खोतलेका छन् ।
युरोपियन युनियनको सहयोगमा निर्माण गरेको वृत्तचित्र माथि लेखक, अभियन्ता तथा राजनीतिज्ञ आहुती (विश्वभक्त दुलाल) र अधिकारकर्मी तथा राजनीतिज्ञ विमला राई पौड्यालले आ–आफ्नो धारणा राख्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया