मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के हो वीर्य भण्डारण ? कस्ता व्यक्तिले गर्ने ?

पछिल्लो पुस्ताहरुमा निःसन्तान र बाँझोपनको समस्या बढ्दै गएको छ । यस्तै समस्याका कारण थुप्रै दम्पतीहरु चिन्तामा छन् । निःसन्तान र बाझोपनको समस्या महिलामा र पुरुषमा दुवैमा हुनसक्छ । पछिल्लो समयको तथ्याङ्कहरु केलाउँदा धेरैजसोको हकमा विदेश बसेर आएका श्रीमान् अथवा श्रीमतीहरुमा निःसन्तानको समय भइरहेको देखिन्छ ।

अहिले पनि कयौं दम्पतीहरु सन्तान प्राप्तिका निम्ति तड्पिरहेको देख्न सकिन्छ । सन्तान नहुनमा धेरै कारणहरु हुन्छन् । निःसन्तान र बाझोपनको समस्याकामा वीर्यको भूमिका रहन्छ । ‘वीर्य भण्डारण के हो ? कस्ता व्यक्तिहरुले गर्न मिल्छ, यो विधि कतिको सुरक्षित हुन्छ’ लगायतका सन्दर्भमा स्त्रीरोग तथा प्रसूतिरोग विशेषज्ञ डा. अनुपमा सुवालसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

पछिल्लो समय वीर्य भण्डारणका बारेमा चर्चा हुने गरेको छ । खासमा वीर्य भण्डारण के हो ?

वीर्य भण्डारण विधि यस्तो प्रक्रिया हो जसले तपाईंलाई भविश्यमा निःसन्तान हुने समस्या र सम्भावनाबाट बचाउँछ । उदाहरणका लागि एक पुरुषको उमेर २५ वर्ष भएको छ । तर उसले आफ्नो करियरलाई निरन्तरता दिन चाहेर विवाह ३० वर्ष कटेपश्चात् गर्ने योजना बनाएको छ भने त्यो समयमा उसको वीर्यमा समस्या आउन सक्ला । अथवा केही क्यान्सर जस्तै जटिल रोग पनि हुन सक्लान् ।

अन्य कुनै कारक तत्वहरुको कारण सन्तान नहुने समस्या नहोस् र आफूले चाहेको समयमा सन्तानको योजना बनाउन सकियोस भनेर वीर्य सङ्कलन गर्नु नै वीर्य भण्डारण विधि हो ।

विस्तारमा भन्दा वीर्य भण्डारण गर्ने पक्रिया र यसको विषयमा आम मानिसलाई कसरी बुझाउन सकिन्छ ?

यसमा प्राकृतिक रूपमा नै वीर्य निकालेर भण्डारण गर्ने हो । यसमा एक पुरुषले हस्तमैथुन मार्फत सकंलन गरेको वीर्यलाई ‘आईभिएफ’ ल्याबमा फ्रिज गरेर राख्ने गरिन्छ । वीर्य संकलन भएपछि भण्डारण प्रक्रियाका लागि एन्ड्रोलोजी ल्याबमा लगिन्छ । संकलित वीर्यलाई स्वस्थ बनाउन आवश्यक पोषकतत्व मिसाएर उपयुक्त तापक्रममा भण्डारण गर्ने ट्युबमा राखिन्छ र पछि चाहेको समयमा सन्तानको योजना बनाउन सकिन्छ ।

कस्ता दम्पतीका लागि यो विधि उपयुक्त हुन्छ ?

यसलाई नै सन्तान प्राप्तिको विधि भने बनाउनु हुँदैन । तर ढिला विवाह गर्ने योजना बनाएका पुरुष, विवाह गर्ने बित्तिकै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता भएका, दीर्घरोग, अन्य जटिल रोग लागेका पुरुषहरुले यो विधि अपनाउन सक्छन् । अर्को भनेको एक विवाहित पुरुष जसले सन्तान जन्माएर बन्ध्याकरण गर्ने योजना बनाएको छ, बन्ध्याकरण गरेपश्चात् उक्त पुरुषबाट सन्तान हुँदैन । यदि भविष्यमा जन्मिएका सन्तानको मृत्यु भयो, श्रीमतीसँग सम्बन्धविच्छेद भयो भने दोस्रो विवाह गर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न ।

यस्तो अवस्थामा सन्तान जन्माउनुपर्ने पनि हुनसक्छ । यदि पुरुषहरुले बन्ध्याकरण गर्नुपूर्व वीर्य भण्डारण गरेर राखेमा भविश्यमा आउने भवितव्य र पुनःसन्तान जन्माउनुपर्ने बाध्यताको सामना गर्न सहज हुन्छ ।

यो विधि कत्तिको खर्चिलो र सुरक्षित छ ?

खर्चको कुरा गर्नुपर्दा यो एक मध्यम वर्गीय र निम्न वर्गका परिवारले पनि यो विधि सहजै उपयोग गर्त सक्छन् । मुख्यकुरा कतिसमयको लागि र कुन संस्थामा वीर्य भण्डारण गरेर राख्ने हो भन्ने विषयले कति खर्च लाग्छ भन्ने कुराको निर्धारण गर्छ ।

सामान्यतया एक वर्षको लागि भण्डारण गर्ने हो भने २५ देखि ३० हजार रुपैयाँ लागत लाग्छ । यसमा कतिको सुरक्षित छ भन्ने कुरा वीर्य भण्डारण गर्दा नै मल्टिपल स्याम्पल भण्डारण गरिन्छ । यसो हँुदा केही अपवाद हुनसक्ने सम्भावना न्यून रहन्छ ।

यस विधिमा केही जोखिम हुन्छ या हुँदैन ? भण्डारण गरिएर राखेको वीर्यले बच्चा नहुने सम्भावना कतिको रहन्छ ? यस विधि शतप्रतिशत सफल हुन्छ ?

वीर्य भण्डारण गर्ने पुरुषलाई कुनै पनि जोखिम हुँदैन । यो मात्र भविश्यमा आफ्नो प्रजनन स्वास्थ्यमा समस्या आउला कि भनेर सनतानको योजना सुरक्षित गर्ने एक विधि हो । भण्डारण गरेर राखेको वीर्यले बच्चा नहुने सम्भावना पनि रहन्छ की शतप्रतिशत बच्चा हुन्छ भन्ने विषयमा भने उक्त वीर्य कत्तिको स्वस्थ छ, कुन महिलाको अण्डामा राखिने हो, उक्त महिलाको अण्डामा पनि कतिको स्वस्थकर छ भन्नेमा भर पर्छ । यदि महिलाको अण्डा र पुरुषको वीर्यमा कुनै समस्या छैन भने फ्रिज गरेर राखिएको वीर्यबाट शतप्रतिशत नै बच्चा हुन्छ ।

कुन उमेर समूहका पुरुषहरुले वीर्य भण्डारण गर्न सक्छन् ?

यसमा मेडिकलको भाषामा यति उमेर हुनुपर्छ भनेर तोकिएको छैन । तर ३० वर्ष अगावै भण्डारण गरेको राम्रो हो । यदि ११ वर्षको बालकलाई क्यान्सर रोग लागेको छ भने उसको पनि वीर्य भण्डारण गर्न सकिन्छ । पछि क्यान्सर निको भएपश्चात्, वयस्क भएर उसको विवाह हुन्छ र उसको सन्तानको योजना हुन सक्छ । यसमा उसलाई सन्तान बनाउन सहज हुन्छ ।

बच्चाको हकमा भने वीर्य संकलन र भण्डारण गर्ने प्रक्रिया अलग हुन्छ । तपाईंहरुलाई लाग्न सक्छ कि ११ वर्षको सानो बालकको वीर्य भण्डारण गरेर कसरी सन्तान उत्पादन हुन सक्छ । यो प्रक्रियामा बालकको कलिलै उमेरमा भण्डारण गरिएको वीर्यलाई पछि रोग निको भएपछि पुनः उसको शरीरमा राखेर उसको नयाँ वीर्यका साथमा राखेर परिपक्क बनाइन्छ, जुन प्रक्रिया सन्तानको योजनामा सघाउ पुग्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?