मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अत्यधिक तातो चिया कफी पिउँदा स्वास्थ्यमा पर्छ यस्तो गम्भीर असर

जिब्रो पोल्दा–पोल्दैको चिया,कफी खाने धेरैको बानी हुन्छ । चिया, कफी भनेको तातै खानुपर्छ भन्ने हाम्रो आम बुझाई पनि छ । तर यस्तो तातो चिया–कफी खाने बानीले स्वास्थ्यमा खराबी निम्त्याउँछ ।

कतिपय मानिसको चिया धेरै नै तातो पिउने बानी हुन्छ । उनीहरू चियालाई एक छिन पनि सेलाउन दिँदैनन् । तपाईँ पनि यसरी नै चिया कफी पिउने गर्नुहुन्छ भने यो स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।

तातै चिया पिउनुहुन्छ भने यसले तपाईँको शरीर पनि पोलेको महसुस हुन सक्छ । यसले शरीरभित्रका कोशिका ड्यामेज हुन थाल्छन् र शरीरको भित्री भागमा सुन्निने समस्या पनि आउन सक्छ । धेरै नै तातो चिया कफी पिउँदा पेटका लाइनिंगहरु ड्यामेज हुन सक्छन् ।

यसले पाचन प्रणाली पनि बिग्रन सक्छ र शरीरमा आइरन पनि अब्जर्ब हुन पाउँदैन । एकदमै तातो चिया पिउँदा तपाईँको घाँटी वा खाना जाने नलीमा समस्या हुन सक्छ । पेटकै जसरी यसको पनि लाइनिंगमा नोक्सान पुग्न सक्छ । जसले गर्दा तपाईँ तातो र पिरो चिज खान सक्नुहुन्न । यसैगरी धेरै तातो चिज पिउँदा एसोफैगल क्यान्सरको खतरा पनि बढ्न सक्छ । 

तातो खानेलाई पेटका अनेकौँ रोग पनि लाग्छन् । पेट दुख्ने, कब्जियत हुने, वाक्क आउने, दिसामा रगत आउने समस्या पनि यसबाट हुन्छ । यसले अल्सर पनि गराउन सक्छ । धेर तातो चिया वा कफी पिउँदा रगतलाई पनि हानि गर्छ । शरीरमा रक्त अल्पता यसले गराउँछ ।

लगातार तौल कम हुने, खाना निल्न गाह्रो हुने, छाती पोल्ने, खोकी लाग्ने र स्वर सुक्ने  जस्ता समस्या पनि सिर्जित हुन्छन् । चियाले शरीरमा मेटाबोलिजम कम गरेर भोक मेटाइदिन्छ ।

यसले खाद्यनली बिगारिदिन्छ र अनेकौँ समस्या निम्त्याउँछ ।  अति तातो र धेरै कप चिया पिउँदा दाँतमा पनि समस्या देखा पर्छ । दाँत पहेँलो समस्या पनि देखिन्छ । यसकारण तात्तातै चिया कफीको सेवन बन्द गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?