मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ट्रयाक खुलेको ३३ वर्षमा पनि भएन भानुमार्गको स्तरोनन्ति

 तनहुँ– आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको भानुमार्ग ट्र्याक खुलेको झन्डै ३३ वर्ष बित्दा पनि पूरा भएको छैन ।

विसं २०४९ मा कृषि उपज बजारसम्म पुर्‍याउने उद्देश्यले उक्त ट्र्याक खोलिएको भए पनि भानु नगरपालिका–१३ मा पर्ने चन्द्रावती बजारबाट ठूलो ढुङ्गासम्मको करिब १० किलोमिटर खण्ड स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ।

स्थानीय कुवेर खनालले सडक सुधारका लागि पटकपटक स्थानीय तह, प्रदेश तथा सङ्घ सरकारसमक्ष धाउँदा पनि त्यो असफल भएको दुखेसो गरे।   

सडक स्तरोन्नतिका लागि बजेट थोरै विनियोजन हुने र ठेकेदारले समयमा काम नगरिदँदा समस्या भएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताए।

८ वर्षअघि २३ करोड दुई लाख ८० हजार ६ सयमा सडक स्तरोन्नतिका लागि ठेक्का लागेको तर काम पूरा नभएपछि स्थानीयले सास्ती ब्यहोर्नुपरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?