मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘पूजा सर’ विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुने

काठमाडौँ– फिल्म ‘पूजा, सर’ विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ। दीपक रौनियारको निर्देशन रहेको सो फिल्म फेस्टिभलको ओरिजोन्टी खण्डको प्रतिस्पर्धामा फिल्म छनोट भएसँगै प्रिमियर हुन लागेको हो ।

महिला प्रहरी इन्स्पेक्टरको कथा समेटिएको फिल्मको नाम यसअघि ‘राजागञ्ज’ राखिएको थियो । पछि नाम परिवर्तन गरी ‘पूजा, सर’ राखिएको हो । फिल्ममा अभिनेत्री आशा मगरातीले शीर्ष भूमिकामा अभिनय गरेकी छन्।

फिल्ममा आशा मगराती, ऋचा शर्मा, विजय बराल लगायतले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म भेनिसमा छनोट भएकोमा खुसी साटेका छन्।

जनकपुरमा छायांकन गरिएको फिल्मको सेटमा एकैदिन ६ सय भन्दा बढी व्यक्ति देखिएका थिए। फिल्म विश्व बजारमा रिलिज भएपछि नेपाली बजारमा प्रदर्शनी हुने निर्माण टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?