मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पर्वतको पैयुँ गाउँपालिकाको विद्यालय भवनमा बाढी पस्यो

पर्वत– जिल्लाको पैयुँ गाउँपालिका वडा नम्बर ५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ। विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन् भने अन्य भौतिक संरचनामा क्षति भएको छ।

पैंयुँ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ। ‘खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ,’ उनले भने।
भारी वर्षा हुँदा बाढीको जोखिम बढ्ने उनले बताए।

बाढीबाट भएको क्षतिको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन्।

यसैबीच, बाढीका कारण पैयुँ वडा नम्बर ५ को पियाखेतका दर्जनौं परिवारको घरगोठमा पनि क्षति पुर्याएको छ भने सयौं रोपनी खेतबारी बगरमा परिणत भएको छ। पैंयुँ गाउँपालिका वडा नम्बर ६ सरौँखोलामा रहेको लक्ष्मीभवन प्राविमा पनि क्षति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?