मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिमलताल दुर्घटना : ११ औँ दिनपनि बेपत्ता बस र यात्रुको खोजी जारी

काठमाडौँ – नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत चितवन– भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी आज पनि जारी छ ।

खोजीको यो आज ११ औँ दिन हो भने घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केराबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि  दोहोर्‍याएर खोजतलास शुरु गरिएको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको हो ।

नेपाली सुरक्षाकर्मीसहित भारतको ‘नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास भइरहेको छ ।

आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ ।

यसअघि बससँगै हराएका ६२ मध्ये २५ शव भेटिएको भनिएकोमा एक शव नदीमा हामफालेकी पाल्पाकी एक महिलाको पुष्टि भएको यादवले जानकारी दिए ।

योसँगै फेला परेका २४ मध्ये १८ शवको सनाखत भएको छ । जसमा १६ पुरुष र २ महिलाका छन् । ६ शवको सनाखत हुन बाँकी छ । सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच भारतीय नागरिकका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?