मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको कीर्तिमान

काठमाडौँ – भारतकी अर्थमन्त्री निर्मला सीतारमणले लगातार सातौँ पटक बजेट प्रस्तुत गरेर नयाँ कीर्तिमान बनाएकी छन् ।

आज अर्थमन्त्री निर्मला सीतारमणले भारतको संसदमा बजेट प्रस्तुत गरिरहेकी छन् । यो बजेट प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हुनेछ। यसले आयकर संरचनामा परिवर्तन र भारतसँग व्यापार गर्ने सुधारमा केन्द्रित हुने सम्भावना छ।

यो बजेट अर्थमन्त्री निर्मला सीतारमणको सातौँ बजेट हुनेछ । यो बजेटसँगै उनी लगातार सात पटक बजेट प्रस्तुत गर्ने पहिलो भारतीय अर्थमन्त्री बनेकी छन् । यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो जसले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए ।

बजेट प्रस्तुत गर्नुअघि सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकारमा आएको र तेस्रो इनिङको पहिलो बजेट प्रस्तुत गर्नु गौरवको विषय भएको बताएका थिए । 

उनले यो अमृतकालको महत्त्वपूर्ण बजेट भएको बताए । यो बजेटले २०४७ मा विकसित भारतको हाम्रो सपनाको जग बसाल्ने मोदीले विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?