मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौँ– विगत सात दशकदेखि अनवरत रुपमा पत्रकारिता र सञ्चारीकरणमा सक्रिय ९४ वर्षिय वरिष्ठ पत्रकार भैरव रिसाल ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा रिसाललाई ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ रहेको छ ।

पत्रकार रिसाललाई सोमवार उनकै निवासमा एक समारोहका बीच रोटरी इन्टरनेशनल नेपाल– भूटानका गभर्नर राजेन्द्रमान शेरचनले सम्मानपत्र सहित उक्त पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा रोटरी जोर्नो अवार्ड कमिटीका संयोजक वरिष्ठ पत्रकार नम्रता शर्मा लगायतको उपस्थिति थियो ।

रोटरी इन्टरनेशनल नेपाल–भूटानका अनुसार उक्त पुरस्कार यसै वर्षदेखि हरेक दुई वर्षमा प्रदान गर्ने भएको छ । वरिष्ठ सञ्चारविज्ञ तथा रोटेरियन सुरेश आचार्यले आफ्ना स्वर्गीय पिता यज्ञप्रसाद आचार्यको स्मरणमा लेखन, पत्रकारिता वा सञ्चार माध्यमबाट अनवरत योगदान गर्ने व्यक्तित्वलाई सम्मानित गर्न रोटरी कोषमा रकम प्रदान गरेका थिए ।

साहित्य, पत्रकारिता र सामाजिक सेवाबाट सामाजिक रुपान्तरणमा सात दशकभन्दा बढी समय सक्रिय स्वर्गीय आचार्यले आफ्नै जीवनकालमा चित्रकारिताका क्षेत्रबाट अनवरत योगदान पुर्या‍उने कलाकारलाई सम्मान गर्न नइ प्रकाशनलाई ६ लाख रुपैयाँ प्रदान गरेका थिए । यस पुरस्कारबाट अहिलेसम्म तीन जना वरिष्ट चित्रकार सम्मानित भइसकेका छन् ।

पिताको कार्यको अनुसरण मात्र गरेको बताउँदै पुरस्कार संस्थापक आचार्यले भने, ‘हाम्रो देश र समाजको अग्रगामी सुधारका लागि पूराना पुस्ताले आ–आफ्ना क्षेत्रबाट निस्वार्थ र अथक योगदान पुर्‍याएका छन् ।तर आजको परिवेशमा ती योगदानलाई बिर्सिन थालिसकेको छ ।’

अग्रजको स्मरण गराउने उद्देश्यले स्थापित पुरस्कार पहिलोपटक रिसाललाई प्रदान गर्ने रोटरीको निर्णयले पुरस्कार र रोटरीको ओझ बढाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?