मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौंका नदीमा जलसतह बढ्यो,तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ – काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेको छ। जल तथा मौसम विज्ञान विभागअनुसार गएराति काठमाडौँ उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको थियो । 

अहिले बागमती, विष्णुमती, धोबीखोलालगायतमा जलसतह सतर्कता तह आसपास छ भने बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ। यो अझै  बढ्दो क्रममा रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन तटीय क्षेत्रमा बस्नेहरूलाई विभागले सुझाव दिएको छ ।

विभागले सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर र दुवाचौर लगायत स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको जानकारी दिएको छ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक नदीमा आकस्मिक बाढीको जोखिम छ। डुबान तथा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?