फोलिक एसिड भनेको भिटामिन हो। जुन हामी सबैलाई चाहिन्छ। यो स्वाभाविक रूपमा केही फलहरू, गाढा हरियो पात भएका सागसब्जी, तरकारी, भटमास, केराउ तथा अन्य गेडागुडी, नट, दूध, दही तथा अन्डाबाट पाइन्छ।
यसले स्वस्थ रातो रक्त कोशिका उत्पादन गर्छ। जुन शरीरका सबै भागमा अक्सिजन प्रदान गर्न जिम्मेवार हुन्छ। फोलिक एसिडले मेगालोब्लास्टिक एनिमियालाई कन्ट्रोल गर्दछ। आइरन चक्की प्रजनन क्षमता भएका जुनसुकै महिलाले खान सक्छन्।
फोलिक एसिड कुन उमेका महिलाले खाने हो ?
फोलिक एसिड भनेको साधारण धेरै पैसा नपर्ने, खान पनि सजिलो हुने औषधि हो। बाँझोपन भएको महिलामा पनि यसले सहयोग गर्दछ। दिमागको विकास नभएको अवस्थामामा त्यसको रोकथाममा यसले ठूलो योगदान गर्छ। त्यसैले सबै महिलाहरूले सेवन गर्नु उत्तम हुन्छ।
यसले कसरी काम गर्दछ ?
यो एउटा भिटामिन हो। यसले शिशुको दिमाग विकासमा मद्दत गर्दछ। जन्मिने शिशुमा कुनै पनि समस्या नआओस् भनेर नै फोलिक एसिड खानुपर्ने हो। शिशुको दिमाग विकासमा यसको ठुलो भूमिका हुने विभिन्न अध्ययनले पुष्टि गरेको छ। हाम्रो रक्तअल्पताको उपचारमा पनि यसले योगदान गर्दछ।
फोलिक एसिडले बच्चामा पनि कुनै समस्या आउन दिँदैन। यसका साथै गर्भवतीले आफ्नो बच्चा राम्रो होस् भनेर पोषण भएको खाना खानुपर्छ। ब्यालेन्स डाइट खानामा माछा मासु, दूध, दही, सिजन अनुसारको फलफूल, सागसब्जी खाने गर्नुपर्छ। साथै पर्याप्त मात्रामा सुत्ने गर्नुपर्छ र मोटोपन घटाउनुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया