काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आइसीसी’ ले महिला टी-२० विश्वकपमना १६ देशलाई समावेश गर्ने निर्णय गरेको छ । आइसीसीको बोर्ड बैठकले २०३० मा हुने टी-२० विश्वकपमा १६ देशले भाग लिन पाउने निर्णय गरेको हो ।
अहिले महिला टी-२० विश्वकपमा १२ देशले भाग लिदै आएका छन् । यस अघि २००९ मा पहिलो महिला टी-२० विश्वकपमा ८ देशले भाग लिएका थिए भने २०१६ मा बढाएर १० देशले भाग लिएका थिए । त्यस्तै २०२६ मा इङल्याण्डमा हुने महिला टी- २० विश्वकपमा १२ देशले भाग लिने छन् ।
त्यस्तै आइसीसीले २०२६ को टी-२० विश्वकप छनौटको कट-अफ डेट २०२४ को अक्टोबर ३१ लाई तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया