मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनुप र सौगातलाई लिएर एक्सन थ्रीलर फिल्म बन्ने

काठमाडौँ– सौगात मल्ल र अनुपविक्रम शाहीको अभिनय रहने फिल्म निर्माण हुने भएको छ । निर्माण टिमले दिएको जानकारीका अनुसार यो फिल्म एक्सन थ्रीलर जनरामा निर्माण हुनेछ ।

निर्माण टिमले फिल्मका बारेमा धेरै जानकारी दिएको छैन । फिल्ममा प्रदीप भारद्वाजको कथा रहनेछ भने अन्य कलाकारको अझै तय भएको छैन ।

फिल्ममा दुई अभिनेत्रीको अभिनय रहने बताइए पनि कसलाई प्रस्ताव गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । हरि हुमागाईँले छायांकन गर्ने यो फिल्मलाई कर्म पिङ्की भुटियाले निर्माण गर्नेछिन् ।

फिल्ममा अन्य कलाकार को को रहने भन्नेबारे औपचारिक कार्यक्रमको आयोजना गरी जानकारी दिने निर्माण टिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?