मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मंगल ग्रहमा पहिलो पटक भेटियो सल्फरका ढिक्का

काठमाडौँ – मंगल ग्रहमा पहिलो चोटि जमेका सल्फर अर्थात गन्धकको ढिक्का फेला परेको छ । 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको क्युरियोसिटी रोभरले पहिलोपटक विशुद्ध सल्फर भेट्टाएको हो  । यसअघि उक्त ग्रहमा सल्फर मिसिएको खनिज भेटिए पनि यति ठूलो परिमाणमा विशुद्ध सल्फर भेटिनु वास्तवमै अद्वितीय भएको वैज्ञानिकहरूको बुभाई छ।

क्युरियोसिटीका परियोजना वैज्ञानिक अश्विन वासवदका अनुसार विशुद्ध सल्फरबाट बनेको चट्टानी क्षेत्र भेटिनु मरुभूमिमा हरियाली मैदान भेटिनुसरह हो । किनभने सल्फर निकै विशेष परिस्थितिमा मात्र जम्मा हुने गर्दछ ।

क्युरियोसिटीले गत मे ३० तारिखका दिन मंगल ग्रहको गेदिज भालिज च्यानल नाम गरेको क्षेत्रमा गुड्दै गर्दा एउटा चट्टान फुटाएको थियो जहाँ वरिपरि उस्तै प्रकारका चट्टानहरू देखिएका थिए ।

उक्त च्यानल धेरै समयअघि पानी तथा विभिन्न ढुंगा माटोलगायतका वस्तुहरूको बहावका कारण बनेको आकलन गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?