काठमाडौँ – बङ्गलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आइतबार मात्र ४२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बङ्गलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ ।
ढाकास्थित नेपाली दूतावास विद्यार्थीहरू, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।
बङ्गलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यु लगाइएको छ भने इन्टरनेटसहितका सुविधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया