मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्षाको समयमा यस्ता तरकारीहरूको सेवन नगर्नुहोस्

बर्सातको समयमा हामीले धेरै कुरामा ध्यान दिनुपर्छ । मुख्यतया खानेकुरामा हामीले संमयता अपनाउनुपर्छ । बर्सातको  मौसममा खानपानमा धेरै ध्यान दिनुपर्ने हुन्छ ।

किनकि, यस मौसममा ब्याक्टेरियल तथा फंगल सङ्क्रमण तीव्र गतिमा बढ्छन् ।कस्ता खानेकुरा खाने  कस्ता नखाने यो निकै महत्त्वपूर्ण कुरा हो ।

यदि हामीले खानपानमा ध्यान दिएनौ भने आउँ, हैजा, झाडापखाला, जुका पर्ने सम्भावना अधिक हुन्छ । खानपान भन्नेवित्तिकै हामीले तरकारीको कुरा गर्दै छौ । बर्सातको समयमा जुका पार्न सक्ने तरकारीहरू यस्ता छन् । सकेसम्म यी तरकारीहरूको सेवन नगर्नुहोस् । 

जरा भएको तरकारी

यो मौसममा जरा भएको तरकारी जस्तै गाजर, सलगम, मुला आदि पनि कम खानु पर्छ । यस मौसममा माटो धेरै ओसिलो हुने भएकाले यस्ता तरकारी छिटै गल्ने तथा कुहिने हुन्छ । ताजा भेटियो भने मात्रै यस्ता तरकारी खानु पर्छ ।

सिमी

मौसमका कारण हरियो सिमीमा किरा पर्छन् । जसले गर्दा यसलाई राम्रोसँग नपकाएर खाँदा पेटमा पनि किरा पर्ने सम्भावना हुन्छ ।

भन्टा

वर्षायाममा भन्टाको सेवन धेरै नगरेको राम्रो हुन्छ । यसमा अल्कलाइड पाइन्छ, जसले शरीरको एसिडिक लेवल बढाउँछ । यो खाँदा फूड प्वाइजनिंग, चिलाउने, एलर्जी, सङ्क्रमण जस्ता समस्या हुन सक्छन् ।

भिण्डी

वर्षाको मौसममा भिण्डीको सेवन पनि धेरै फाइदाजनक हुँदैन ।

च्याउ

कतिपय च्याउमा यस मौसममा चिसोले गर्दा किरा पर्छन् । अत्यधिक किरा तथा फङ्गस आउने भएकाले बर्सातमा च्याउ धेरै नखाएको राम्रो हुन्छ । यसले पेटमा किरा तथा जुका पर्ने सम्भावना हुन्छ ।

बन्दागोभी

कुनै पनि प्रकारका गोभी यो मौसमका लागि फाइदाजनक हुँदैनन् । सबै प्रकारका गोभी मौसमी तरकारीभित्र पर्दैनन्, जसले गर्दा अत्यधिक विषादी प्रयोग गरिएको हुन्छ । यो धेरै किरा पर्ने तरकारीभित्र पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?