मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नवजात शिशुलाई डाइपर लगाइदिँदा स्वास्थ्यमा पुग्न सक्छ यस्तो गम्भीर हानि 

पछिल्लो समय बच्चाहरूलाई डाइपर लगाइदिने चलन बढ्दो छ , बजारमा डाइपर आउन थालेदेखि आमाबुवालाई पनि सजिलो भएको छ ।

बच्चालाई डाइपर लगाइदिएपछि दिसा–पिसाब गराउने झन्झटबाट मुक्ति पाइन्छ । दिसा–पिसाब गरेको कपडा धुनु पर्दैन । त्यसैले आजभोलि बच्चालाई डाइपर लगाइदिनु अनिवार्य जस्तो भइसकेको छ । डाइपरको प्रयोग एक हदसम्म त सही हुन्छ तर यसको धेरै प्रयोग हानिकारक हुनसक्छ ।

यस्तो छ डाइपर लगाउनुको हानि 

 एक अध्ययनका अनुसार बच्चाको डाइपरमा ‘फ्यालिट’ भन्ने केमिकल पाइन्छ । त्यो केमिकल छालाको सम्पर्कमा आएर मेटाबोलिक विकार, मधुमेह, कलेजो विकार र क्यान्सरको जोखिम समेत बढाउने गरेको पाइएको थियो । पछिल्लो समय बजारमा धेरै प्रकारका डाइपर पाइन्छन् । त्यसमा केमिकल र प्लास्टिक कम प्रयोग भएको डाइपर आफ्नो बच्चाका लागि छनोट गर्नुपर्छ । डाइपर रसायन र सिन्थेटिक सामग्रीबाट बनेको हुन्छ । धेरै अभिभावकले बच्चालाई रातभर डाइपर लगाइदिन्छन् । रातभर डाइपर लगाइदिँदा बच्चाको छाला लामो समयसम्म केमिकलको सम्पर्कमा रहन्छ, जसकारण शरीरलाई हानि पुर्‍याउन सक्छ । यसले बच्चाको शरीरमा विषाक्तता बढाउन सक्छ ।

 डाइपरको प्रयोग लामो समयसम्म गर्दा बच्चालाई ब्याक्टेरियल, फंगल इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । किनकि डाइपर पिसाब अवशोषित गर्ने सामग्रीबाट बनेको हुन्छ । यसले छालामा अक्सिजनको प्रवाह पनि कम गर्छ । जसकारण ब्याक्टेरिया र अन्य कीटाणुहरू बढ्ने सम्भावना रहन्छ ।

बच्चाको छाला धेरै कोमल हुन्छ । डाइपरमा पाइने हानिकारक सिन्थेटिक फाइबर, रङ वा अन्य रासायनिक पदार्थका कारण बच्चाको छालामा एलर्जी, दाग र चिलाउने समस्या हुनसक्छ ।  धेरै पटक बच्चा डाइपर लगाउँदा रुन थाल्छन् किनभने यो उनीहरूका लागि सहज हुँदैन । धेरै समयसम्म डाइपर लगाउनाले बच्चालाई चिडचिडापन पनि  हुनसक्छ ।

बच्चालाई डाइपर लगाउँदा ध्यान दिनुपर्ने कुराहरूः

उमेरअनुसार बच्चाको डाइपर दुईदेखि तीन घण्टाको अन्तरालमा परिवर्तन गर्नुपर्छ । धेरै मात्रामा पिसाब सोस्न सक्ने डाइपरको प्रयोग गर्नुपर्छ । बच्चालाई प्लास्टिकको डाइपर लगाइदिनुको साटो सुतीको डाइपर लगाइदिनु राम्रो हुन्छ ।

त्यो सम्भव छैन भने पनि कम मात्रामा प्लास्टिकको प्रयोग भएको र केमिकल प्रयोग नभएको डाइपर लगाइदिनुपर्छ । रातको समयमा त आमा र बच्चाको राम्रो निद्राका लागि डाइपर लगाइदिन सकिन्छ ।

तर दिउँसो बच्चालाई डाइपर नलगाइदिनु राम्रो हुन्छ । साथै बच्चाले पिसाब गरेपछि वा दिसा गरेपछि डाइपर हटाएर पानी र कपासले सफा गरिदिनुपर्छ । डाइपर लगाउनुअघि नरिवलको तेल वा मोइस्चराइजर लगाइनु राम्रो हुन्छ, जसले बच्चालाई एलर्जी हुनबाट बचाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?