मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चितवनको फिस्लिङमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान लेदो माटोसहितको पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात सेवा पूर्ण रुपमा ठप्प रहेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाउने काम भइरहेको र स्थिति सहज भए सडक खुलाउन अझै दुई घण्टा लाग्ने छ ।

पहिरोले सडक अवरुद्ध भएपछि थुप्रै सवारी साधन र यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?