मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल्फामा आलिया भट्टसँग फुल एक्सन मोडमा देखिने ‘मुन्ज्या’ अभिनेत्रीले भनिन् ‘अभिनयमा मास्टरक्लास लिँदैछु’

काठमाडौँ – आलिया भट्ट अभिनित फिल्म ‘अल्फा’ को घोषणा भएको छ । अहिले फ्यानहरु यो फिल्मको प्रतिक्षामा छन् । यस फिल्ममा आलियासँगै अर्को सुन्दरी पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् ।

हालै यी सुन्दरीले फिल्मको बारेमा ठूलो अपडेट दिँदै यसमा एक नभई दुई अभिनेत्री सशक्त एक्सन रोलमा देखिने छन् ।

अल्फाको स्टार कास्टमा रहेकी यी अभिनेत्रीले फिल्मको बारेमा धेरै अपडेट दिएकी छिन् । उनले आलिया भट्टसँग काम गर्न पाउँदा खुसी लागेकाे कुरा व्यक्त गरेकी छन् ।

यी अभिनेत्री अरु कोहि नभई ‘मुन्ज्या’ फेम अभिनेत्री शर्वरी वाघ हुन् । इन्डियन एक्सप्रेससँग कुरा गर्दै शर्वरीले फिल्मको बारेमा अपडेट दिँदै उनले भनिन्- ‘मैले अहिलेसम्म सुटिङ सुरु गरिसकेको छैन, तर तयारी अविश्वसनीय भएको छ।

आलिया भट्टसँग काम गर्ने सन्दर्भमा शर्वरी भन्छिन्, ‘देशको मनपर्ने स्टार र मेरो मनपर्ने आलिया भट्टसँग काम गर्न पाउनु ठूलो अवसर हो । मलाई लाग्छ उहाँको व्यक्तित्व र उहाँको कलाकारबाट तपाईंले धेरै कुरा सिक्न सक्नुहुन्छ।

शर्वरीले थप भनिन्, ‘म आलिया भट्टसँग एउटै कोठामा बस्न पाउँदा निकै भाग्यमानी महसुस गर्छु किनभने म एक विद्यार्थी बन्न सक्छु र यो अभिनयमा मास्टरक्लास हुन गइरहेको छ । यो अविश्वसनीय हुन गइरहेको छ।

‘साँच्चै भन्नुपर्दा फिल्मको तयारीमा जीवनको उत्कृष्ट समय बिताइरहेको छु । यो एक एक्सन फिल्म हो । यो एउटा यस्तो फिल्म हो जसमा दुई महिलालाई एक्शनमा देख्नुहुनेछ । यो एकदम नयाँ कुरा हो। यो यस्तो प्रकारको सिनेमा हो जुन हामीले पहिलो पटक बनाउन खोजिरहेका छौं र यो ठूलो जिम्मेवारी हो उनले भनिन् ।

शर्वरीले ‘अल्फा’ को तयारीबारे पनि बताइन् । उनले भनिन्, ‘म हरेक दिन एक्सन ट्रेनिङमा छु । लामो समयदेखि तालिम लिएको छु र अहिले सुटिङको नजिक छु । तालिम अझ कडा र चरम छ। यो एउटा चुनौती हो र मलाई राम्रो चुनौती मन पर्छ, यो रोमाञ्चक छ। शर्वरीले एक्सनबाहेक स्क्रिप्टसँगै बसेर क्यारेक्टरको बारेमा सोच्ने पनि आफूलाई लागेको महसुस भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?