मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘गोपाल योञ्जन सङ्गीत साधना पुरस्कार’ शिला बहादुर मोक्तानलाई

काठमाडौँ– वरिष्ठ सङ्गीतकार शिला बहादुर मोक्तानलाई ‘गोपाल योञ्जन सङ्गीत साधना पुरस्कार’ प्रदान गरिएको छ ।

गुरुपूर्णिमाका अवसरमा आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल पूर्व प्रहरी कलाकार संघको समुद्धघाटन तथा स्रष्टा सम्मान कार्यक्रममा रङ्गकर्मी तथा अभिनेत्री मिथिला शर्माले आफ्ना गुरु सङ्गीत साधक गोपाल योञ्जनको नाममा स्थापना गरेको उक्त पुरस्कार मोक्तानलाई समर्पण गरिएको हो ।

अभिनेत्री शर्माले सिने लेखक, निर्देशक, गीतकार चेतन कार्कीको नाममा स्थापित ‘चेतन कार्की गीति वाङ्गमय पुरस्कार’ गीतकार पुरुष ढकाललाई, लोकप्रिय हास्य जोडी राजपाल थापा र ध्रुव हाडाको जोडीको नाममा स्थापित ‘हाडापाल हास्य वाङ्गमय पुरस्कार’ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गर्ने निर्णय गरेकी थिइन् ।

पुरस्कार समारोह वरिष्ठ कलाकारहरु शर्मासँगै नीर शाह, बसुन्धरा भुषाल, भुवन चन्द लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?