मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतिलक्ष्मी उपासिकाको स्मरण

काठमाडौँ– नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको स्मरण गरिएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल भाषा मिसा खलःको सहकार्यमा शुक्रबार प्रतिष्ठानमा गरिएको एक कार्यक्रममा उपासिकाको ११५औँ जन्मजयन्ती मनाउँदै उनको स्मरण गरिएको हो ।

उनलाई क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकारका रुपमा स्मरण गर्दै नेपालभाषा साहित्यका अध्येता प्रा. प्रेमशान्ति तुलाधरले ‘नेपालभाषा साहित्यका एक सशक्त नारी हस्ताक्षर मोतीलक्ष्मी उपासिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका भाषा आयोगका सदस्य सुरेश किरणले उपासिका अग्रगामी नारी चेतना भएकी एक क्रान्तिकारी र जुझारु लेखिका भएको बताए । नेपाली र नेपालभाषाकी साहित्य सर्जक, साङ्गठनिक, साहित्यिक अभियन्ता र सबै मातृभाषाका लागि प्रेरणाको स्रोत भएको धारणा उनले राखे ।

प्रतिष्ठानका कुलपति भूपाल राईले मोतीलक्ष्मी उपासिकाले नेपालभाषा र साहित्यमा पुर्‍याएको योगदानबाट कोही पनि विमूख रहनु हुँदैन भन्दै उनका बारेमा गहिरो खोजअनुसन्धान हुनुपर्नेमा सुनाए ।

उनले भने, ‘एउटा भाषा हरायो भने राष्ट्रको ठुलो अङ्ग हराउँछ भन्ने चेतना स्वयम् राज्यको हुनुपर्छ ।’ प्रतिष्ठानका अनुवाद विभाग प्रमुख हंसावती कुर्मी ‘हंसा’ले उपासिकाले साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन कार्यक्रमको महत्वपूर्ण देन रहने बताइन् ।

कार्यपत्र प्रस्तुत गर्दै प्रा.तुलाधरले नेपालभाषाका विशिष्ट प्रतिभा चितधर ‘हृदय’ जस्ता साहित्यिक महारथीहरूको प्रशिक्षण र प्रेरणा पाएर कलम चलाएकी उपासिकाले राणाकालीन कालरात्रीमा पनि देशकाल परिस्थितिसँग जुधेर नेपालभाषाको संरक्षण र संवद्र्धनका निमित्त आगाडि बढेको चर्चा गरे ।

‘जेलमा परेका आफ्नो दाजु चित्तधरलाई अनेकौँ जुक्तिले जेलभित्र आवश्यक सामाग्री जुटाई साहित्य सिर्जनामा अभिप्रेरित गर्नुभयो । जेलकृत रचनालाई गुप्त रूपमा ल्याएर सुरक्षित राख्ने मोतीलक्ष्मी त्याग र बलिदानकी प्रतिमूर्ति बन्नुभएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?