मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न्यूरोड फुटपाथ विस्तार विवाद उत्कर्षमा, ३२ वटै वडा अध्यक्षको ऐक्यबद्धता

काठमाडौँ – अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् । 

यसअघि शुक्रबार महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला स्थानीयले विरोध गरेर काममा अवरोध गरेकोमा आइतबार महानगरका ३२ वटै वडाका वडा अध्यक्षहरूले ऐक्यबद्धता जनाएका छन् ।

त्यस्तै कामनपा-२२ का वडा अध्यक्ष चीनकाजी महर्जनले सडकमै टेबुल कुर्सी राखेर काम गरिरहेका छन् । वडा अध्यक्षहरूसहित स्थानीयले अवरोध गरेपछि महानगरको डोजर पनि न्यूरोडक्षेत्रबाट फर्किएको छ । 

स्थानीयसहितका वडा अध्यक्षहरूले न्यूरोडको सडक साँघुरो बनाउन नहुने भन्दै फुटपाथ विस्तारको विरोध गरिरहेका छन् ।  

यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको यो । त्यस्तै फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि रोकिएको थियो । 

सडकलाई पैदलयात्रीमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रूपमा हस्तक्षेप गरेको थियो । 

यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।  डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?