मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विक्की कौशलको ‘ब्याड न्युज’ले कति कमायो ?

काठमाडौँ – निर्माण शुरु भएदेखि नै चर्चामा रहेको बलिउड फिल्म  ‘ब्याड न्यूज’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

अभिनेता विक्की कौशल, एमी विर्क र अभिनेत्री तृप्ति डिमरी अभिनीत यो फिल्म कौशलको करिअरमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म समेत बन्यो ।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार फिल्ममा ओपनिङमै ८ करोड ५२ लाख भारूको व्यापार गरेको थियो । दोश्रो दिन त्यसमा १० करोड ५५ लाख भारू थप गरेको फिल्मले फिल्मले दुई दिनमा १९ करोड १७ लाख भारू कमाएको हो ।

विक्की मात्र होइन अभिनेत्री तृप्ति डिम्री’को लागि पनि ‘ब्याड न्युज’को यो कमाइ सुखद रह्यो । शीर्ष अभिनेत्रीको रुपमा यो उनको सबैभन्दा ठूलो ओपनिङ हो ।

यो फिल्म धर्मा प्रोडक्सनले निर्माण गरेको हो। जसले सन् २०१९ मा फिल्म ‘गुड न्यूज’ बनाएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?