मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

३५ दिनमा सकियो तेल भिसाको छायाङ्कन

काठमाडौँ – शंकर घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म तेल भिसाको छायाङ्कन ३५ दिनमा सकिएको छ । ७० प्रतिशत छायाङ्कन अमेरिकामा गरिएको फिल्मको बाँकी ३० प्रतिशत छायाङ्कन चितवनमा सेट लगाएर गरिएको हो ।

फिल्ममा विपिनको जवान र वृद्ध गरी दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । मङ्सिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस फिल्ममा विपिनका अलावा वर्षा राउत, ऋचा घिमिरे, पूजा लामा र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ ।

यो फिल्ममा अभिनेता विपिन कार्की पहिलो पटक दोहोरो भूमिकामा देखिएका छन् । यता निर्देशक शंकर घिमिरे यहि फिल्ममार्फत १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका फिल्म निर्माण तथा निर्देशन गरेका थिए । 

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।

प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायाङ्कन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी देख्न पाइने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?