मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डिभी भर्दा पासपोर्ट अनिवार्य गर्दै अमेरिका

काठमाडौँ – अमेरिकी विदेश मन्त्रालयले डिभी लट्री भर्न अनिवार्य पासपोर्ट चाहिने नियम फेरी ल्याउने भएको छ । 

सन् २०१९ को जुन ५ मा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डिभी लट्री  भर्दा पासपोर्ट अनिवार्य गर्ने अन्तरिम अन्तिम नियम ल्याएको थियो । तर प्रक्रिया नपुगेको भन्दै अदालतले यो नियम खारेज गरिदिएको थियो ।

जसका आधारमा अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२२ मा पासपोर्ट नचाहिने अन्तिम नियम ल्यायो भने सन् २०२२ र २०२३ मा डिभी भर्दा पासपोर्ट अनिवार्य थिएन । 

तर अब जो वाईडेन प्रशासनले प्रशासनले प्रक्रिया पूरा गरेर यो नियम ल्याउने तयारी गरेको छ । यो नियम शुरुमा गत फेब्रुअरीमा ल्याउने योजना बनाइए पनि अब यो नियम आगामी डिसेम्बरमा मात्र प्रस्तावित नियमका रूपमा ल्याइने भएको छ ।

यहि कारण आगामी अक्टोबरमा खुल्ने डिभीमा भने लागु नहुने भएको छ । तर आगामी वर्षहरूमा भने अब आवेदकहरूले अनलाइन डिभी लट्री  भर्दा वैध, म्याद समाप्त नभएको पासपोर्टको जानकारी प्रदान गर्न आवश्यक हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?