बच्चा स्वस्थ भएमा उनको उमेर अनुसार उनीहरूको निश्चित तौल र उचाइ हुने गर्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार जन्मँदा बच्चाको तौल करिब ३ किलो हुनुपर्छ।
तौल तीन महिनामा ५ किलो, ६ महिनामा ६ किलो, ९ महिनामा ७ किलो र एक वर्ष पुग्दा १० किलो हुनुपर्छ। कहिलेकाहीँ तेस्रो र छैटौँ महिनामा बच्चाको तौल घटेको पनि हुनसक्छ।
तर बच्चाको तौल थोरै घट्दैमा चिन्ता लिनुपर्दैन। अब जानौँ उमेर अनुसार हुनुपर्ने तौल र उचाइ
१ वर्ष
१ वर्षमा बच्चाको तौल ९ दशमलव २ किलो ग्राम र उचाइ २९ दशमलव २ इन्चको सेरोफेरोमा हुनु स्वस्थ मानिन्छ ।
२ वर्ष
दुई वर्षको बच्चाको तौल बच्चा १२ किलो हुनुपर्ने र लगभग उचाइ ३३ दशमलव ५ इन्च हुनुपर्ने हुन्छ ।
३ वर्ष
३ वर्षको बच्चाको तौल १४ दशमलव २ किलोग्राम हुनुपर्छ । यसैगरी उनीहरूको औसत उचाइ ३७ इन्च हुनुपर्छ ।
४ वर्ष
४ वर्षको बच्चा छ भने उनको तौल १५ दशमलव ४ किलोग्राम हुनुपर्छ । उचाइ लगभग ३९ दशमलव ५ इन्च हुनुपर्छ ।
५ वर्ष
५ वर्षको बच्चाको तौल लगभग १७ दशमलव ९ किलोग्राम हुनुपर्छ । यो उमेरमा बच्चाको उचाइ औसत ४२ दशमलव ५ इन्च हुनुपर्छ ।
६ वर्ष
६ वर्षको बच्चाको तौल १९ दशमलव ९ किलोग्राम हुनुपर्छ । लगभग उचाइ ४५ दशमलव ५ इन्च हुनु राम्रो हो ।
७ वर्ष
७ बर्षको बच्चाको तौल २२ दशमलव ४ किलोग्रामको आसपासमा भएको राम्रो । उनको उचाइ ४७ दशमलव ७ इन्च भएको उचित हुन्छ ।
८ वर्ष
८ वर्ष उमेर पुगेको बच्चाको तौल लगभग २५ दशमलव ८ किलोग्राम हुनुपर्छ । उनको उचाइ ५० दशमलव ५ इन्च आसपासमा हुनुपर्छ ।
९ वर्ष
९ वर्षको बच्चाको तौल लगभग २८ दशमलव १ किलोग्राम हुनुपर्छ । उमेर अनुसार उनको उचाइ ५२ दशमलव २ इन्च हुनुपर्छ ।
१० वर्ष
१० वर्षको उमेरमा बच्चाको तौल ३१ दशमलव ९ किलोग्राम उत्तम मानिन्छ । उनको उचाइ ५४ दशमलव ५ इन्च भएको राम्रो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया