काठमाडौँ – डार्क मोड पछिल्लो समय अधिकांश वेब तथा मोबाइल एपमा उपलब्ध हुन थालेको छ ।
कतिपय एप्लिकेसनले त डार्क मोडलाई डिफल्ट नै बनाएका हुन्छन् । डार्क मोड एउटा यस्तो कलर स्किम हो, जसले अन्धकार ब्याकग्राउन्डमा लाइट कलरको शब्द, आइकन र युजर इन्टरफेस इलिमेन्ट्स राखिदिन्छ ।
यो धेरै एप र अपरेटिङ सिस्टममा हुने चर्चित मध्येको एक फिचर हो ।
फोनमा रहेको डार्क मोड सेटिङले आँखा कम्फर्ट मोड सेटिङ जस्तै तपाईंको हेर्ने अनुभवलाई पनि परिवर्तन गर्छ । फोनमा यो सेटिङ सक्षम हुने बित्तिकै उज्यालो स्क्रिन अँध्यारो स्क्रिनमा परिणत हुन्छ ।
यसले अक्षरको रङ सेतो र पृष्ठभूमि कालो बन्दछ । यसो गर्दा आँखामा ब्लू लाइटको एक्सपोजर कम हुन्छ, जसले आँखामा दबाब कम पर्दछ । त्यस्तै यो मोड प्रयोग गरेर फोनको ब्याट्री लामो समयसम्म टिक्न सक्छ ।
जहाँ कतिपयले भने डार्क मोडलाई प्रयोगकर्ताले आधुनिक र स्टाइलिस ट्रेन्डका रूपमा लिन्छन् । लाइट मोडभन्दा डार्क मोड बढी स्तरीय देखिनुका साथै भिज्युअल एक्सपिरियन्समा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया