मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रातिको समयमा घर किन बढार्नु हुँदैन ? 

हाम्रो समाजमा कुचोलाई लत्याउनु हुँदैन, केही गरी खुट्टाले कुचो छोइयो भने भगवान् विष्णुको नाम स्मरण गर्नुपर्छ भन्ने मान्यता छ । यस्तै कुचोमा लक्ष्मीको वास हुन्छ भन्ने विश्वास छ ।

यसैगरी घर आँगन सरसफाइमा प्रयोग हुने कुचोलाई ठड्याएर राख्नु हुँदैन । कुचो ठड्याएर वा माथितिर टुप्पो पर्ने गरी राख्नु हुन्न भन्ने पुरानो मान्यता छ ।

कुचोलाई ठड्याएर वा माथितिर टुप्पो फर्काएर राख्दा आर्थिक नोक्सानी हुने, लक्ष्मीले घर छोडेर जाने र घरमा दरिद्रताले प्रवेश गर्छ भन्ने शास्त्रीय मत छ ।

त्यसैगरी साँझ परेपछि वा रात्रिकालमा घर बढार्न निषेध गरिएको छ । रातिको समयमा घर बढारेमा घरबाहिर गएको परिवारको सदस्यले यात्राका क्रममा अनावश्यक दुःख पाउने र शारीरिक रूपमा जोखिम ब्यहोर्ने सम्भावना हुने परम्परागत जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?