मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘घरज्वाई’ ले कति कमायो ?

काठमाडौँ– फिल्म ‘घरज्वाई’ गत तीन करोड रुपैयाँभन्दा बढी रकम संकलन गरिसकेको छ । गत सातादेखि प्रदर्शनीमा आएको फिल्म हाल दोस्रो हप्ता पनि चलिरहेको छ ।

असार २८ गतेदेखि प्रदर्शनीमा आएको फिल्मले सुरुवाती शुक्रबार र शनिबार मात्रै डेढ करोड रुपैँया ग्रस कलेक्सन गरेको निर्माण कम्पनीले जनाएको छ । फिल्ममा दयाहाङ राई र मिरूना मगर मुख्य भुमिकामा देखा परेका छन् ।

मनसुन यामको बाबजुद पनि यो फिल्म हेर्न हलमा देखिएको दर्शकको उपस्थितिलाई उत्साहपूर्ण मानिएको छ।

अनिल बुढा मगरको लेखन एवं निर्देशन रहेको यो फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले लगायतको अभिनय छ। फिल्मका निर्माता जनक घर्ती मगर हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?