मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कब्जियतबाट वाक्क हुनु भएको छ ? अपनाउनुसे यी विधि चाँडै निको हुनेछ

खराब खानपान र व्यस्त जीवनशैलीले अधिकांश व्यक्तिलाई कब्जियतलगायत विभिन्न समस्याबाट आजित हुँदै आएका छन् । यसले गर्दा अधिकांश मानिसहरुमा एसिडिटी, ब्याक पेनजस्ता विभिन्न समस्याहरु अगाडि आउने गरेका छन् । कब्जियत हुने शंका ती व्यक्तिहरुमा धेरै हुन्छ ।

समा डायबिटिज, ब्लड प्रेसर, पीसीओडी, अनियमित निन्द्रा, साइकिलिङ र हाइपोथाइराइड जस्ता विभिन्न समस्या भोग्दै आएका हुन्छन् । कैयन पटक कुनै पनि फलफूल धेरै सेवन गर्नाले पनि कब्जियतको समस्या हुने गर्दछ । यदि तपाई पनि कब्जियतको समस्याबाट आजित हुनु भएको छ भने हामी तपाइलाई प्राकृतिक तरिकाको बारेमा जानकारी दिन्छौँ । जसले गर्दा औषधीको सेवन गर्न आवश्यक हुँदैन ।

घिउँमा गुड राखेर खाने
हरेक व्यक्तिलाई मिठा खान मन पर्छ । गुलियोको धेरै सेवन गर्दा डायबिटिजको सिकार हुने गर्दछ । यस अवस्थामा मिठो र सुगर खानेले सही तरिकाबाट म्यानेज गर्नुपर्छ । न्यूट्रिनिस्ट रुजुता दिवाकरको अनुसार यदि तपाई कब्जियतबाट परिसान हुनु भएको छ भने घिउमा गुड मिसाएर खान सक्नु हुन्छ । यसले तपाईको समस्याको समाधान गर्दछ ।

गुड आइरनको राम्रो स्रोत हो । त्यसैमा घिउमा फ्याट हुने गर्दछ । दुबैलाई एकैचोटी खाँदा तपाईको डायजेशन सही हुन्छ । र स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । यसको लागि तपाईले गुडको पाउडर र घिउलाई लिन सक्नुहुन्छ । दुबैले तपाईको औँलाले राम्रोसँग मिक्स गरेर खान सक्नुहुन्छ ।

तरबुजाको सेवन गर्नुहोला
कैयन पटक शरीरमा पानीको मात्रा कमी भएकाले गर्दा पनि कब्जियतको समस्या हुन सक्छ । शरीरलाई हाइड्रेट र इलोक्ट्रोसाइड राख्नको लागि पनि पानीयुक्त फल लाभदायक हुन सक्छ । तरबुजाको सेवनले तपाईको कब्जियतबाट राहत मिल्न सक्छ । साथै यसको सेवनले ब्लोटिङमा पनि फाइदा गर्छ । यसलाई बिहानको नास्तामा प्रयोग गर्न सक्नुहुन्छ ।

रातीको डिनरमा तीलको प्रयोग
राती खानाको समयमा तपाईले मील तीलको प्रयोग गनै सक्नुहुन्छ । तिलमा फाइबर, भिटामिन इ र फ्याटी एसिड्स भरपुर मात्रामा हुने भएकाले सबै तत्वलाई सही तरिकाले डाइजेस्टिक गर्न सहयोग गर्छ । यस्तो अवस्थामा एक चम्चा तिल आटामा मिलाउनुहोसु । फेरी त्यसलाई रोटी बनाएर खान सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?