मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ल्यापटपको क्यामेरा फोहर भएर दिक्क मान्दै हुनुहुन्छ ? अपनाउनूस् यी टिप्स

काठमाडौँ– आजभोलि अनलाईन मिटिङ, वर्क फर्म होम र भर्चुअल कक्षा चल्दै आएको छ । यसको लागि हाम्रो ल्यापटपमा क्यामेरा पनि राम्रो र गुणस्तरीय चाहिन्छ । ल्यापटपको क्यामेरा फोहर र खराब भएमा तपाईकोे व्यक्तिगत जीवनमा पनि असर पार्न सक्छ । हामी तपाईलाई केही टिप्स दिन्छौ जसले तपाईको ल्यापटपलाई गुणस्तर र सफा राख्ने गर्छ ।

क्यामेराको लेन्सको सफाई गर्नुहोला

सबैभन्दा पहिला तपाईको ल्यापटपको क्यामेराको लेन्सको माइक्रोफाइबर कपडाबाट सफा गर्नुहोला । लेन्समा धूलो वा औंलाको निशानले क्यामेरालाई अक्सर फोहर र खराब बनाउने गर्छ । यसरी सफा गर्दा क्यामेराको लेन्स सफा हुनुका साथै गुणस्तर पनि हुन्छ ।

प्रकासको व्यवस्थापनमा सुधार गर्ने

राम्रो प्रकाशले क्यामेराको गुणस्तरमा एकदम सुधार गर्छ । तपाईले आफ्नो अनुहारको अगाडि एउटा बत्ती राख्नुहोसु । प्राकृतिक बत्तीको प्रयोग गर्नुहोला । सकेसम्म रिंग लाइटको प्रयोग गर्नुहोला ।

क्यामेराको सेटिङमा एडजस्ट गर्नुहोला

अधिकांश ल्यापटपमा क्यामेराको सेटिङको एड्जस्ट गर्ने विकल्प हुन्छ । ब्राइटनेश, कन्ट्रास्ट र एक्सपोजर सेटिङको परिक्षण गर्नुपर्छ । त्यसलाई सही तरिकाबाट सेट गर्नुपर्छ ।

सफ्टवेयरलाई अपडेट गर्ने
तपाईको क्यामेरा ड्राइभर वा भिडियो कलिङ एप्लीकेसन जस्तै जुम, टिम नयाँ संस्करणमा हुन्छ । कहिलेकाँही सफ्टवेयर अपडेटबाट क्यामेराको गुणस्तरमा सुधार गर्छ ।

ब्याकराउण्डलाई क्लियर राख्ने्
एउटा सफा र सरल ब्याकराउण्डबाट तपाईको अनुहारको ध्यान तान्ने गर्छ । यसले भिडियो कलमा पनि गुणस्तरीयतामा सुधार गर्छ ।

वेबक्याम कभरको प्रयोग गर्नुहोला
यदि तपाईको क्यामेरा लेन्समा अक्सर धूलो तथा फोहरले ढाकेको हुन्छ भने वेबक्याम कभरको प्रयोग गर्नुहोला । तपाईलाई आवश्यकता नभएको अवस्थामा क्यामेरालाई कभर गरेर राख्न सकिन्छ ।

एक्सटर्नल वेबक्यामको उपयोग गर्नुहोला
यदि तपाईको ल्यापटपमा इनबिल्ट क्यामेरा धेरै खराब छ भने तपाई एक उच्च गुणस्तरीय एक्सटर्नल वेबक्यामको प्रयोग गर्न सक्नुहुन्छ । यो अक्सर रिजाल्युशन र गुणस्तरीय प्रदान गर्छ ।

यी सरल टिप्सको सहयोगले तपाईले आफ्नो ल्यापटपको क्यामेरालाई गुणस्तरीय बनाउन सक्नुहुन्छ । यसले तपाई अनुसारसँगै भिडियो कलमा पनि राम्रो हुन्छ । क्यामेराको सफाइ र प्रकासको व्यवस्थापनले पनि सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । जसले क्यामेरालाई गुणस्तरीय र धेरै राम्रो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?