मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो तौल घटाउने दाबी गरिएको वाटर फास्टिङ ?

काठमाडौँ – खानपान र विलासी जीवनशैलीका कारण पछिल्लो समय मोटोपन सबैभन्दा ठूलो स्वास्थ्य समस्या बन्दै गएको छ । यो रोगको घरसमेत मानिन्छ । 

जसकारण धेरैजसोले शरीरको तौल घटाउन अनेक उपाय अपनाइरहेका हुन्छन् । यसैका लागि  किटो डाइट, वाटर फास्टिङ, इन्टरमिटेन्ट फास्टिङ जस्ता विधि छन् । यसमध्ये वाटर फास्टिङ के हो त ? 

वाटर फास्टिङ यस्तो विधि हो । जसमा पानी बाहेक केही पनि पिउन वा खानु हुँदैन । धेरैले २४ देखि ७२ घण्टाका लागि फास्टिङ गर्छन । २४ देखि ७२ घण्टाको वाटर फास्टिङमा दैनिक दुईदेखि तीन लिटर पानी पिउनु पर्ने हुन्छ । 

त्यस्तै वाटर फास्टिङ गरिसकेपछि तपाईँले धेरै भोजन गर्नु हुँदैन । स्मुदी, जुस वा थोरै खानेकुराले फास्टिङ तोड्नु पर्छ । कयौँ अध्ययनले दाबा गर्छन् कि मोटा व्यक्तिमा वाटर फास्टिङको धेरै फाइदा छन् ।

साथै यसले केही प्रकारका क्यान्सर, मुटु सम्बन्धी रोग र मधुमेहको जोखिम कम पनि  हुन सक्छन् । ४८ व्यक्तिमा भएको एक अध्ययनका अनुसार मेडिकल सुपर भिजनमा १७ दिनसम्म गरिएको वाटर फास्टिङले सिस्टोलिक ब्लड प्रेसर कम हुन सक्छ ।

वाटर फास्टिङले एलडीएल कोलेस्ट्रोल पनि कम हुन सक्छ । यसबाहेक यस फास्टिङले शरीरको तौल कम हुन्छ । तर, ध्यान राख्नुहोस् बिना मेडिकल सुपरभिजन वाटर फास्टिङको कुनै पनि तरिका अपनाउनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?