मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केही रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. इथोयोपिया

चौथो शताब्दीदेखि नै इथियोपिया देश इसाई राष्ट्र बनेको थियो । बाह्रौँ तेह्रौँ शताब्दीको अन्त्यतिर एघार वटा ठूलाठूला चट्टानमा खोपेर चर्चहरु बनाइएका थिए । ती स्थान आजसम्म पनि तीर्थस्थलका रुपमा प्रख्यात छन् ।

२. गन्ध र वासना

मान्छेको नाकले करिब ३,००० भन्दा बढी प्रकारका गन्ध र वासना छुट्याउन सक्छ ।

३. भिटामिन डी र के

डी र के भिटामिन शरीर आफैँले बनाउन सक्छ भने अरु भिटामिन शरीरले खाद्यान्न स्रोतबाट प्राप्त गर्छ ।

४. वील ब्यारो (WHEEL BARROW)

आजभन्दा १८०० वर्षअघि चिनियाँहरुले गह्रौँ सामान बोक्ने वील ब्यारोको आविष्कार गरेका थिए । वील ब्यारो एक चक्के सामान बोक्ने साधन हो । यसलाई दुई हातले उचालेर ठेलिन्छ ।

५. अल्बाट्रोस

अल्बाट्रोस समुद्री चराको पखेटाको फैलावटलाई सबैभन्दा लामो मानिन्छ । पखेटाको एकछेउदेखि अर्को पखेटाको छेउसम्म नाप्दा ३.६ मि. (१२ फिट) लामो हुन्छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?