मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नुनको अत्यधिक प्रयोगले तपाईँको स्वास्थ्यमा पुग्न सक्छ यस्तो हानी

नुन मानव जीवनको लागी अत्यावश्यक चिज हो । यो मुख्य रूपमा खानामा स्वाद थप्न प्रयोग गरिन्छ । एक छाक मात्रै नुनिलो खानेकुरा खाइएन भने पनि हामीलाई कमजोर महसुस हुन्छ ।

तर कतिपयले भने नुन धेरै मात्रामा सेवन गर्छन् । अर्थात् चर्को नुन खाने बानी हुन्छ । नुनको अत्यधिक प्रयोग स्वास्थ्यका लागी हानिकारक हुन्छ । नुनको धेरै प्रयोगले मानिसहरूलाई बिरामी बनाउँछ ।

विशेष गरी ती प्रशोधित खाद्य पदार्थ जसमा सोडियम क्लोराइड अर्थात् नुन मिसाएर स्वाद बढाउन र बचाउन प्रयोग गरिन्छ । यसले उच्च रक्तचाप निम्त्याउन सक्छ र हृदयघात र स्ट्रोकको जोखिम पनि बढाउन सक्छ । अत्यधिक नुनको सेवनले पेट र कोलोन क्यान्सर, कानको रोग, मोटोपन र हड्डी कमजोर हुने जोखिम पनि बढेको छ । 

सोडियमले रक्तचाप र मुटुसँग सम्बन्धित रोगहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ किनभने यसले रगतको नसहरूमा पानीको मात्रालाई नियन्त्रण गर्छ । सरल भाषामा भन्नुपर्दा रगतमा जति धेरै सोडियम हुन्छ, त्यति नै बढी पानी रगतका नसाहरूमा आकर्षित हुन्छ ।

यसले उच्च रक्तचाप निम्त्याउँछ र हृदयाघातको जोखिम बढाउँछ । रक्तचापमा नुनको प्रभाव फरक–फरक व्यक्तिहरूमा कम वा बढी हुन सक्छ । हालैको अनुसन्धानले नुनले आन्द्राको जीवाणु नष्ट गरेर रक्तचापको समस्या बढाउन सक्छ । नुनका कारण शरीरमा रहेको स्वस्थ जीवाणु कम हुन्छ र यसले तपाईँको पाचन प्रक्रियामा पनि नकारात्मक प्रभाव पार्छ । 

आजकल खानामा सोडियमको मात्रा धेरै हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वयस्कले एक दिनमा औसतमा २००० मिलिग्रामभन्दा बढी सोडियम उपभोग गर्नुहुँदैन । विश्वमा सोडियमको औसत सेवनको मात्रा ४३१० मिलिग्राम रहेकोले स्वास्थ्य नुनको प्रयोग पनि बढेको छ ।

एक अनुसन्धानले के पत्ता लगाएको छ भने दैनिक आहारमा एक ग्राम सोडियमको मात्रा बढाउँदा मोटोपनको जोखिम १५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । नुनले तपाईँको आन्द्रामा रहेका जीवाणुलाई पनि असर गर्छ ।

यस कारण हाम्रो खानामा नुनको प्रयोग घटाउनुपर्ने आवश्यकता बढ्दै गएको छ । तपाइर्लें प्रशोधित खानाहरूको खपत सीमित गरेर यो सुरु गर्न सक्नुहुन्छ । नुन थपिएको प्रशोधित मासु, क्र्याकर र चिप्स जस्ता नुनिलो खानेकुराहरू र चटनी, पाउरोटी र सोडाजस्ता नुनयुक्त खाजाहरू सबै नुनमा उच्च प्रशोधित खानाहरू मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?