काठमाडौँ– महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । श्रीलंकाको दम्बुल्लामा भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो ।
यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा केबल ४ विकेट गुमाउँदै भेट्टायो । नेपालकी ओपनर ब्याटर सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपाले विजयी भएको हो । खड्काले ४५ बलमा ७२ रन बनाइन् । त्यस क्रममा उनले ११ चौका प्रहार गरेकी थिइन् ।
त्यसअघि खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईका लागि खुशी शर्माले ३६ रन बनाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया