मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१२ वर्षको उमेरभन्दा अगावै महिनावारी हुनु खतरनाक 

सामान्यतया महिनावारी १२ वर्षको उमरेदेखी हुन शुरु हुन्छ  । तर पछिल्लो समय कतिपय किशोरीहरुलाई यो भन्दा पनि कम उमेरमै महिनावारी पक्रिया शुरु भइरहेको छ ।

केही दशक अघिको तुलनामा अहिले किशोरीहरू कम उमेरमै महिनावारी भइरहेका छन् । तर यसरी समय अगावै महिनावारी हुनु स्वास्थ्यका लागी खतराजनक पनि हुनसक्छ । 

खासगरी महिनावारी आउन एउटा निश्चित उमेर समय हुने गर्छ । तर, कतिपय अवस्थामा एकदमै छिटो महिनावारी सुरु हुन्छ । आज हामी यसको पछाडिको कारण बताउनेछौँ ।

विशेषगरी महिनावारी सुरु हुन हर्मोन, शरीरको बनावट र वंशाणुगत गुण जिम्मेवार हुन्छन् । आमरुपमा १० देखि १५ वर्षको उमेरमा महिनावारी सुरु हुन्छ । कतिपयमा यो उमेर १६ देखि १८ को बीचमा पनि हुन्छ ।

मोटोपनको कारणले महिनावारी छिटो आउने समस्या हुन सक्छ । यस्तो स्थितिमा इन्सुलिन बढ्छ र एस्ट्रोजन हर्मोनमा बढोत्तरी हुन थाल्छ । एस्ट्रोजन नै महिलाको शरीरमा हुने परिवर्तनका लागि जिम्मेवार हुन्छ ।

यसले महिनावारी समयभन्दा पहिला हुन सक्छ । उमेरभन्दा पहिला महिनावारी हुनुको पछाडि वंशाणुगत कारण पनि हुन सक्छ । वंशाणुगत कारणले गर्दा मोटोपन नहुँदै वा इन्सुलिन नबढे पनि कम उमेरमै महिनावारी हुन सक्छ । यदि एकदमै धेरै जङ्क फूड खाने बानी छ भने पनि महिनावारी समयभन्दा पहिला आउन सक्छ ।

जङ्क र प्रोसेस्ड फूडले शरीरमा मोटोपन बढ्छ र महिनावारी छिटो आउँछ । यस्तो समस्याबाट बच्न अभिभावकले आफ्ना छोरीलाई सानैदेखि प्लास्टिकको भाँडामा वा प्लास्टिकमा प्याक भएका खानेकुरा खान नदिनुहोस् । बच्चाहरू शारीरिक रूपमा सक्रिय रहनु पनि एकदमै महत्त्वपूर्ण हुन्छ ।

किशोरीहरुमा  पहिलो महिनावारी समय अगावै अर्थात् १२ वर्षभन्दा अगाडी नै भएपछि किशोरावस्थाका अन्य विशेषताहरू चाँडै आउन थाल्छन् । युवावस्थाको प्रारम्भिक सुरुवातले अन्य धेरै कुराहरू पनि परिवर्तन गर्छ र वयस्कतामा दूरगामी परिणामहरू हुन सक्छ ।

समय अगावै महिनावारी हुनुले प्रजनन क्षमतालाई मात्र कम गर्दैन छिट्टै चालिसको उमेर नपुग्दै रजोनिवृत्ति पनि ल्याउन सक्छ र जीवनकालमा पनि असर गर्न सक्छ । समय पूर्वको रजस्वला धेरै रोगहरूसँग सम्बन्धित छ, जस्तै स्तन र पाठेघरको क्यान्सर, मोटोपना, टाइप २ मधुमेह र अन्य हृदय रोगहरू पनि ।

यदि शरीरका कोशिकाहरू लामो समयसम्म एस्ट्रोजेन जस्ता सेक्स हर्मोनको सम्पर्कमा रहन्छन् भने ट्युमर बढ्ने जोखिम बढ्न सक्छ । किनभने यो हर्मोनले कोशिकाहरूको वृद्धि गराउँछ ।

साथै, केही सिद्धान्तहरूका अनुसार, हर्मोनको लामो समयसम्म सम्पर्कले प्रजनन क्यान्सरको जोखिम बढाउन सक्छ । यसका अलावा सामाजिक रूपमा पनि कुराहरू देखिन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?