रक्तदान जीवनदान भन्ने स्लोगन हामी सबैले सुनेका छौ । तपाईँले गरेको रक्तदानले कसैको जीवन बच्न सक्छ । जीवन सञ्चालनको महत्त्वपूर्ण पदार्थ हो रगत, जसले पोषक तत्त्व र प्राणवायु अक्सिजनलाई शरीरका कोषहरूमा पुर्याउँछ ।
रक्तदान एउटा यस्तो कार्य हो जसले विश्वव्यापी रूपमा लाखौँलाई बचाउँछ । किनभने रगत मानव जीवनको अत्यावश्यक तत्त्व हो । यो एक समाजसेवाको कार्य पनि हो ।
यसकारण पछिल्लो समय थुप्रै मानिसहरू रक्तदान गर्न प्रेरित भइरहेका छन् । तर सबैले रक्तदान गर्न मिल्दैन । स्वस्थ, उमेर पुगेका व्यक्तिले पनि रक्तदान गर्ने बेलामा केही सावधानी अपनाउनै पर्छ ।
यस्ता व्यक्तिहरूले रक्तदान गर्न मिल्दैन
–१८ वर्ष नपुगेका बालबालिकाहरू
–६० वर्षभन्दा बढी उमेरका व्यक्ति
–उमेर पुगेर पनि कम तौल भएका मानिस
–उच्च रक्तचाप भएमा
–मुटुमा समस्या भएमा
–मधुमेहका रोगी
–कलेजो र मिर्गौलामा समस्या भएमा
–लामो समयदेखि औषधि सेवन गरिरहेको भए
–रक्त अल्पता भएमा
–गर्भवती, स्तनपान गराइरहेकी सुत्केरी आमा
–महिनावारीको समयमा
–ज्वरो आएको तथा एन्टिबायोटिक लिइरहेको अवस्थामा
–सोरियासिस नामक छालाको रोगका लागि औषधि लिइरहेकाहरूले कहिल्यै पनि रक्तदान गर्नु हुँदैन ।
–दादुरा, हाडे, रुबेला, ठेउला तथा जनै खटिरा विरुद्ध खोप लगाएको चार हप्तासम्म रक्तदान गर्नु हुँदैन ।
–हृदयाघात, मस्तिष्क घात, कलेजो तथा मिर्गौला फेल भएकाहरूले पनि रक्तदान गर्नु हुँदैन ।
–रक्तदान गर्ने बेलामा हेमोग्लोबिनको मात्रा ११ प्रतिशतभन्दा कम भएमा रक्सी सेवनको गरेको २४ घण्टाभित्र रक्तदान गर्नु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया