मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उराँव भाषा साहित्यको विकासबारे विमर्श

काठमाडौँ– नेपाल प्रज्ञाप्रतिष्ठानमा उराँव भाषा साहित्य सिर्जनाको अवस्था र यसको विकासबारे विमर्श गरिएको छ ।

हालै प्रतिष्ठानको मातृभाषा साहित्य विभागद्वारा गरिएको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रममा उराँव भाषा साहित्यबार परिचर्चा गरिएको हो ।

प्रतिष्ठानले प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको मातृभाषा साहित्यको यो बाह्रौँ शृङ्खला हो । कार्यक्रममा अध्येता कुमारीशरणा उराँवले कार्यपत्र प्रस्तुत गर्दै उराँव भाषा र साहित्यको इतिहास, आरोह र अवरोहबारे चर्चा गरेकी थिइन् ।

कार्यपत्रमाथि आफ्नो धारणा राख्दै प्रतिष्ठानका कुलपति भूपाल राईले चार/पाँच हजार वर्षदेखि सिन्धुघाँटी हुँदै इतिहास निर्माण भएको उराँव जातिको भाषा, साहित्य र संस्कृति सङ्कटापन्न अवस्थामा पुग्नु दुःखद् कुरा रहेको बताए । उनले भने, ‘सबै भाषाको जगेर्ना गर्नसके मात्र कुनै पनि जातिको सभ्यता र संस्कृति बाँच्न सक्छ । प्रतिष्ठान यस अभियानमा थालनी गरेको छ ।’

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, भाषा(मातृभाषा कोष र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिव)ले हाम्रो मातृभाषा सबैजातिको साझा सम्पदा भएकाले यसको संरक्षणमा समान दायित्व हुनुपर्ने धारणा राखे ।

कार्यपत्रमाथि प्राज्ञसभा सदस्य धर्मेश पोखरेल, डा.सोमबहादुर धिमाल, शोभा सुनुवार र रचना मोक्तान तामाङले पूरक टिप्पणी गरेका थिए ।

प्रतिष्ठानका प्राज्ञ मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङले प्रतिष्ठान सबैको साझा थलो भएकाले प्रत्येक भाषा र साहित्यको विस्तारमा लागि पर्ने बताउँदै उराँव भाषा र साहित्यको विकासका बारेमा बुझ्ने र सोच्ने अवसर पाएकामा आफूलाई गौरवबोध भएको सुनाए ।

कार्यक्रममा वाम्बुले भाषाको कविता गणेश राई, थामी भाषाको कविता डम्बर थामी र डोट्याली भाषाको कविता भुवन निस्तेजले सुनाएका थिए ।

साथै कार्यक्रममा कलाकार हिरन राईले टुङ बाजा अर्थात् एलम्बरबाजा, चरीबाजा, मुर्चुङ्गाबाजा र पिपिरीपात जस्ता रैथाने बाजा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?