मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गीत/सङ्गीत

हेर्नुस् युट्युबमा खुबै रुचाइएका उत्कृष्ट लोक तथा दोहोरी गीतका भिडियोहरू, कुन गीत कति हिट?

काठमाडौँ– पछिल्लो समय नेपाली गीतसङ्गीत बजारमा बाढी नै आएको देखिन्छ । लोक, पप, आधुनिकदेखि र्‍याप गीतसङ्गीतमा नयाँ पुस्ताहरुको सहभागिता उल्लेख्य देखिन्छ । नयाँ नयाँ गीतहरु बजारमा दिन कै जस्तो आइरहेका छन् ।

पछिल्लो समयमा गीत सुन्ने भन्दा पनि हेर्ने प्रवृत्ति बढ्दा सार्वजनिक भएका केही गीतसङ्गीतको स्तर भने खस्केको स्वयं सङ्गीत सर्जकहरु नै गुनासो गर्छन् ।

तथापि केही गीतसङ्गीतले भ्युजकै आधारमा आफ्नो स्थान जमाएको देखिन्छ । हामीले पछिल्लो समय युट्युबमा रुचाइएका लोक तथा दोहोरी गीतहरुका बारेमा चर्चा गर्दैछौँ । यी गीतको सूची दर्शकले धेरै हेरे/सुनेका आधारमा तयारी पारिएको हो ।

ए आमा जाम भन्यो मलाई

युटयुबमा पछिल्लो समय सबैभन्दा बढी हेरिएको गीत हो, ‘ए आमा जाम भन्यो मलाई’ । दुई महिना अघि रीता थापा मगरको आधिकारिक युटयुब च्यानलनमा यो गीत सार्वजनिक भएको यो गीतलाई दुई महिनाको अवधीमा एक करोढ ५७ लाख ९१ हजारभन्दा बढीपटक हेरिएको छ ।

गीतमा गायिका रीता थापा मगरको स्वर छ । एकनारायणको शब्द रहेको गीतमा रीता थापा मगरकै संगीत रहेको छ । गीत्मा श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा कलाकार प्रकास सपूत तथा सनिशा भट्टराईको अभिनय देख्न सकिन्छ ।

बस्यौ अलक्कै

अर्जुन सापकोटाको अफिसियल युटयुबमा सार्वजनिक गरिएको गीत हो, ‘बस्यौ अलक्कै’ । यो गीतलाई समाचार तयार पार्दासम्म ८६ लाखपटक हेरिएको छ । यो गीत दुई महिना अगाडि मात्रै युटयुबमा सार्वजनिक गरिएको हो ।

गीतमा गायक अर्जुन सापकोटा र गायिका शान्ति श्री परियारको स्वर रहेको छ । गीतलाई सन्तोष सापकोटाले लेखेका हुन् । अर्जुन सापकोटाकै सङ्गीत र एचबीएन किस्मतको एरेन्ज रहेको छ ।

बसे है पाले दाई

यो गीत एक महिना अघि इनेपाल खबरको च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा चर्चित गायक बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार लगायतको स्वर रहेको छ । जयेन्द्र लामाको सङ्गीत रहेको गीतमा बालकुमार श्रेष्ठको शब्द तथा विष्णु तामाङको एरेन्ज रहेको छ ।

अमर म्याक्सको कोरियोग्राफर रहेको गीतमा विष्णु शर्माको सम्पादन तथा निर्देशन रहेको छ । गीतको म्युजिक भिडियोलाई हालसम्म ३३ लाख ५० हजार पटकभन्दा बढी हेरिएको छ ।

बालेनको शहर

‘बालेनको शहर’ बोलको गीत युटयुबमा पछिल्लो समय रुचाइएको गीतको सूचीमा समावेश छ । केही महिनाअघि भरत क्षेत्रीको आधिकारिक युटयुब च्यानलमार्फत रिलिज भएको यो गीतलाई यो समाचार तयार पार्दासम्म १३ लाख ४७ हजार ८३१ पटक हेरिएको छ ।

भरत क्षेत्री र दिवस तिवारीको प्रस्तुतिमा गीत निर्माण गरिएको हो । गीतमा चिज गुरुङ, निर्जला गुरुङ, भरत क्षेत्री, रुपी सिंजाली मगर, सुस्मिता क्षेत्री, सुरज भुषाल र प्रदीप सुनारको स्वर रहेको छ ।

मान्छे सोझी सोझी छ

सुमित्रा तामाङ नामक युटयुब च्यानलबाट सार्वजनिक भएको ‘मान्छे सोझी सोझी छ’ बोलको गीतलाई १३ लाखपटक हेरिएको छ । दुई महिनाअघि मात्रै सार्वजनिक भएको गीतको भिडियोलाई १३ लाख पटक युटयुबमा हेरिएको हो ।

गीतमा गायिका सुमित्रा तामाङ र गायक खेम सेञ्जुरीको स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा खेम सञ्चुरीको सङ्गीत तथा श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ ।

डालीमा बसेछ चरी

एक महिनाअघि मात्रै युटयुबमा सार्वजनिक गरिएको ‘डालीमा बसेछ चरी’ बोलको गीतलाई १३ लाखपटक हेरिएको छ । यो गीत मुकु सुवेदीको अफिसियल युटयुबमा सार्वजनिक गरिएको हो । गीतमा अर्जुन सापकोटा र कल्पना विष्टको स्वर छ । कृष्ण बस्यालको शब्द र कृष्ण विकको एरेन्ज छ ।

लेकमा फुल्यो लालीगुराँस

बसन्त थापाको अफिसियल युटयुब पेजमा सार्वजनिक भएको गीत हो, ‘लेकमा फुल्यो लालीगुराँस’ । एक महिनाअघि सार्वजनिक भएको यो गीतलाई १२ लाख पटक हेरिएको छ । गीतमा बालगायिका कल्पना विष्टको स्वर रहेको छ । उनी टिकटकमा गीत गाउँदागाउँदै चर्चामा आएकी थिइन् ।

गीतमा बसन्त थापाको सङ्गीत तथा शब्द रहेको छ । गीतमा विनोद बाजुरेलीको एरेन्ज रहेको छ ।

पैसा कता जान्छ

‘पैसा कता जान्छ’ बोलको गीत एक महिना अघि सुनकोशी मिडियाको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरेको हो । गीतको भिडियोलाई आठ लाख ७४ हजार पटक हेरिएको छ । गीतमा आरके मिलनको शब्द, सङ्गीत, स्वर तथा एरेन्ज रहेको छ । भिडियोलाई नितिन वाइबाले निर्देशन गरेका हुन् ।

कलेजी कट्याउनी माया

एक महिनाअघि नामक युटयुबमा सार्वजनिक भएको क‘लेजी कट्याउनी माया’ बोलको गीत करिब ७ लाखभन्दा बढी युटयुबमा हेरिएको छ ।

गीतमा महेश कुमार आहुजी र बादल थापाको स्वर रहेको छ । गीतमा गायक महेश कुमार आहुजीकै शब्द तथा सङ्गीत रहेको छ । गीतलाई कमल सौराजले एरेन्ज गरेका हुन् ।

तिमीलाई पछयौरी किन्दिउँला नयाँ नयाँ

यसै हप्ता युटयुबमार्फत सार्वजनिक गरिएको यो गीत हालसम्म चार लाख ७० हजार पटक हेरिएको छ । गीतलाई पृथ्वी इन्टरटेन्मेन्टको आधिकारिक पेजमा सार्वजनिक गरिएको हो । गीता खेम सेञ्जुरी र निर्मला देवी बस्नेतको स्वर रहेको छ । नेत्र अर्यालको लेखन रहेको गीतमा विनोद बजुरेलीको एरेन्ज र खेम सेञ्चुरीकै सङ्गीत रहेको छ ।

गीतमा अभिनेता तथा मोडल पल शाह र मोडल जुना विश्वकर्माको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?