मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेहन्दी लगाउनुभयो ? यसरी घरमै बनाउनुहोस्

साउन महिना मेहेन्दीको महिना हो । हरियो पहेलो पहिरनका साथ श्रृंगारको रुपमा हरियो पहेलो चुरा पोतेका साथमा मेहन्दीको पनि विशेष प्रयोग साउन महिनामा हुने गरेको छ ।

साउनमा हरियो पहिरनको महत्व प्रकृतिसँग जोडिएको हुन्छ । प्रकृति प्रेमी भगवान शिवलाई खुसी पार्न र आयु आरोग्यको लागि साउनमा हरियो पहिरनका साथ हरियो पहेलो चुरा पोते लागाउने गरिन्छ भने मेहन्दीको प्रयोग किन गरिन्छ त ? धर्मशास्त्र र फेसनसँग यसको के सम्बन्ध छ भन्ने थाहा पाउनु जरुरी हुन्छ ।

महिलाको श्रृंगारको चर्चा धर्मशास्त्रहरुमा पनि गरिएको छ । नारीका सोह्र श्रृंगारबारे उल्लेख गरिएको पाइन्छ जसमा मेहन्दीको पनि उल्लेख गरिएको छ ।

मेहन्दीलाई शुभ कामको प्रतिकको रुपमा पनि लिने गरिएको छ ।

मेहन्दीलाई जीवनका साथ परिवारमा प्रेम र स्नेहको प्रतिकको रुपमा लिने संस्कृति रहेको छ । कतिपयले हातमा वा खुट्टामा लगाइएको मेहन्दीको रंगको अवस्थाले प्रेमी प्रेमिका वा पतिपत्नीबीचको सम्बन्धलाई दर्शाउने बताउने पनि गरेका छन् ।

त्यस्तै असारमहिनामा खेतबारीको काम सकिएसँगै फुर्सदको समय हुने र त्यस समयमा शरीरलाई राम्रो र आकर्षक राख्नका लागि मेहन्दीको प्रयोग गर्न थालिएको हो ।

कसरी बनाउने मेहन्दी ?

मेहन्दी घरमै पनि बनाउन सकिन्छ । मेहन्दीका लागि मेहन्दीको एक रुखका पातलाई पिसेर पनि यसलाई बनाउन सकिन्छ । तिउरीमा फर्सिको फूल, सिमीको पाता मिसाएर मेहन्दी घरमै पनि बनाउने गरिन्छ ।

तर यो झन्झटिलो हुने भएकाले आजभोलि युवतीहरुले तयारी अवस्थामा कोनमा पाइने मेहन्दीको बढी प्रयोग गर्ने गरेका छन् । मेहन्दीलाई गाढा लाग्ने बनाउन विभिन्न केमिकलको प्रयोग हुने भएका करण यस्तो मेहन्दीको सट्टा घरमै बनाइएको मेहन्दीको प्रयोग राम्रो हुन्छ ।

यसरी तयार पार्नुहोस्

–मेहन्दीको धूलोलाई मलमलको कपडाले दुई तीन पटकसम्म चाल्ने

–चियापत्तीको पानीमा मेहन्दीलाई करिब पाँच घन्टाजति भिजाउने ।

मेहन्दीको तेल केही थोपा मिसाउने । यसो गर्दा मेहन्दी गाढा बस्छ ।

त्यसपछि तयार भएको मेहन्दीलाई लगाउन मिल्ने गरि तयार गरिएको प्लास्टिकको कोनमा भर्ने र आफूले चाहेको आकृति अनुसार हात वा शरीरका विभिन्न भागमा भर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?